भारतको आसममा भूकम्प
भारतीय राज्य असम सोमबार बिहान ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार हालसम्म कुनै पनि घाइते वा सम्पत्ति क्षतिको खबर आएको छैन। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ४:१७ बजे असमको मोरिगाउँ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको गहिराइ ५० किलोमिटर जमिनमुनि रहेको बताइएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का कामरूप महानगरपालिका, नागाउँ, पूर्व र पश्चिम कार्बी आङ्लोङ, होजाई, दिमा हासाओ, गोलाघाट, जोरहाट, शिवसागर, चरैदेव, काछार, करिमगन्ज, हाइलाकान्डी, धुब्री, दक्षिण सालमारा मानकाचर, गोलपारामा पनि महसुस गरिएको थियो।
यसैगरी दराङ, तामुलपुर, सोनितपुर, कामरुप, विश्वनाथ, उदलगुरी, नलबारी, बजाली, बारपेटा, बक्सा, चिराङ, कोक्राझार, बोङ्गाइगाउँ, लखिमपुरलगायत उत्तरी जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
साथै अरुणाचल प्रदेश, सम्पूर्ण राज्य मेघालय, साथै नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा र पश्चिम बंगालका केही भागमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...




