Breaking News

मधेसमा धर्म र सम्प्रदायमा फैलियो द्वन्द्व, गृहले भन्यो : संयमता अपनाउनूहोस्

काठमाडौँ। गृह मन्त्रालयले मधेसका जिल्लामा भइरहेका धर्म र सम्प्रदायबीच सुसम्बन्ध खलल पार्ने गतिविधिमा ध्यानाकर्षण भएको भन्दै सबैलाई संयमता अपनाउन अनुरोध गरेको छ।

सोमबार प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले एक विज्ञप्ति जारी गर्दै सबैलाई सतर्कता, संयमता र सजगता अपनाउन अनुरोध गरेका हुन्।

‘तराई एवं मधेसका २१ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, केन्द्रमा रहेका सम्बद्ध आयोगका पदाधिकारीहरूसँग शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता लगायत समसामयिक विषयमा छलफल गरी संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रह गर्ने निर्णय गरिसकेको छ, विज्ञप्तिमा भनिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार र सोमबार विभिन्न समुदायहरूसँग समन्वयात्मक बैठक, केन्द्रीय सुरक्षा समितिको बैठक गरेका थिए।

धनुषामा धार्मिकस्थलमा तोडफोड गरेको भन्दै विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्। वीरगञ्जमा अहिले कर्फ्यु छ।

यसबीच गृह मन्त्रालयले तोडफोड, आगजनी लगायत घटना र सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कानुनी दायरामा समेत ल्याइसकेको जनाएको छ।

जातजाति, धर्म र सम्प्रदायबीच सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जती गर्ने, अपराध गर्न दुरूत्साहन गर्ने लगायतका गतिविधि निरूत्साहन गर्न पनि मन्त्रालयले अपिल गरेको छ।

यस्ता गतिविधि आपराधिक हुने र दण्डनीय हुने बताउँदै कारबाही दायरामा समेत ल्याइने जनाएको छ।

सम्बन्धित समाचार

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...

प्रतिनिधिसभाका सांसदले लिए शपथ

प्रतिनिधिसभाका सांसदले लिए शपथ

काठमाडौं। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई...