सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मीना कुमारी चौधरीसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सामुदायिक वन उपभोक्ता समितिको कोषको रकमबाट भवन निर्माण लगायतका कार्यमा अनियमितता भएको भन्दै आयोगले मंगलबार चौधरीसमेत ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
वन उपभोक्ता समितिका अध्यक्ष चौधरीसँगै आयोगले सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारू र दर्तावाल लेखापरीक्षक तनुकलाल चौधरीलाई प्रतिवादी कायम गरेको छ ।
उनीहरू सबै जनाविरुद्ध जनही ५ लाख १५ हजार ३०२ रूपैयाँ बिगो कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...




