इक्यानको अध्यक्षका इन्ड्रयु पौडेल र दिपक भुषालको उम्मेदवारी
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्ष पदका लागि हालका प्रथम उपाध्यक्ष एन्ड्रु पौडेल (लक्ष्मण) र महासचिव दिपकराज भुषालले उम्मेदवारी दिनुभएको छ।
इक्यानको २० औं साधरणसभा यही पुष २८ गते काठमाडौंमा हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार मंगलबार १८ पदका उम्मेदवारी दर्ताको कार्यक्रम भएको थियो।
इक्यानको अध्यक्षसहित १८ पदका लागि ३४ जनाले मनोनयन दर्ता गरेका छन् ।
इक्यान निर्वाचन समितिका अनुसार उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ भने महासचिवमा दुई जनाको उम्मेदवारी परेको छ।
शैक्षिक परामर्श क्षेत्रमा कार्यरत संस्थाहरुको सबैभन्दा ठूलो संस्थाको नेतृत्वमा दुई पक्ष प्यानल नै बनाएर उम्मेदवारी दिएका छन्।
भूषाल टिममा उपाध्यमा बिकल्पराज पोख्रेल, रत्नराज भट्टराई, महासचिवमा भवनाथ हुमागाईँ, सचिवमा आशिक कार्की, सुरज सिलवाल, कोषाध्यक्ष उमा खड्का, सह- कोषाध्यक्ष गोबिन्द खनालको उम्मेदवारी दिनुभएको छ।
त्यसैगरी भूषाल टिमबाट सदस्य पदका लागि अनन्त घिमिरे, अशोककुमार हाथी,सञ्जीव पाण्डे, नवराज नेपाल, उद्धव बन, कमल प्रसाद तिमिल्सिना, दामोदर शर्मा न्यौपानेले उम्मेदवारी दिनुभयो।
एन्ड्रयु पौडेलको टिमबाट उपाध्यक्षमा बासुदेव दाहाल र गीता सिवाकोटीले उम्मेदवारीले उम्मेदवारी दिनुभएको छ।
त्यसैगरी महासचिवमा नवराज केसीले उम्मेदवार बन्नुभएको छ भने सचिवमा भूपाल केसी र एलवी तामाङले उम्मेदवारी दिनुभयो। कोषाध्यक्षमा साधना पुडासैनीले उम्मेदवार बन्नुभएको छ।
इक्यानका अनुसार हाल सबै उम्मेदवारहरुको नाम अध्यावधिको काम भइरहेको छ।
इक्यानको नयाँ कार्यसमितिका लागि अध्यक्ष सहित १८ पदका लागि प्रतिस्पर्धा हुनेछ। २१ जनाको कार्यसमिति रहने इक्यानमा एकजना निवर्तमान अध्यक्ष र दुई सदस्य मनोनित गर्ने प्रावधान छ।
भूषालले आफ्नो उम्मेदवारी सँगै संगठनलाई संस्थागत, प्रणालीमा आधारित र राज्यसँग सहकार्य गर्ने दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले एकद्वार दर्ता प्रणाली, तालिम संरचना, अनुसन्धान कक्ष, शाखा सशक्तीकरण र अन्तर्राष्ट्रिय गन्तव्यसम्बन्धी रणनीतिक पहल गर्ने बताउनुभएको छ।
उम्मेदवारी दिएपछि एन्ड्रुयु पौडेलको प्रतिकृया

म ग्रेस इन्टरनेशनल अर्गनाइजेसनमार्फत विगत १९ वर्षदेखि काम गर्दै आइरहेको छु। २००६ बाट सुरु भएको अर्गनाइजेसन आज विभिन्न सिटीहरुमा शाखासहित एउटा लार्जेस्ट अर्गनाइजेसन बनेको छ। इक्यानमा अहिले म प्रथम उपाध्यक्षको रुपबाट कार्यरत छु। मेरो अध्यक्षमा उम्मेदवारी भोलेन्टरी टाइम, इन्भेस्टमेन्ट, भोलेन्टरी नलेज सेयरिङमा काम गर्नको लागि हो। त्यो कारणले मेरो एउटै उद्देश्य भनेको यो व्यवसायलाई मर्यादित पेशा र एउटा अकाउन्टेबिलिटी, पारदर्शिकता पेशा बनाउनुपर्छ भन्ने मेरो ठम्याइ हो।
मेरो सिम्पल एण्ड लजिकल कुरा के छ भन्दा इक्यान भनेको व्यवसायीहरुको एउटा छाता संगठन हो। यो समग्र व्यवसायीको संस्था, जसले व्यवसायमा राम्रो गर्नु भएको छ, अगाडी बढाइराख्नु भएको छ, उहाँहरुलाई इक्यानमा आएर आफ्नो भोलेन्टरी इफोर्ट लगाउनको लागि आह्वान हो। भोलेन्टरी टाइम, इन्भेस्टमेन्ट, नलेज सेयरिङको काम गर्नको लागि हो। त्यस कारणले गर्दा मेरो एउटै उद्देश्य भनेको यो व्यवसायलाई मर्यादित पेशा र अकाउन्टेबिलिटी, पारदर्शिकता पेशा बनाउनुपर्छ भन्ने हो। किनभन्दा आज म १९ वर्षदेखि यस क्षेत्रमा आबद्ध भइराख्दा मार्केटमा हेरेर कसैले तपाई के गर्नुहुन्छ भनेर सोध्दा गर्वका साथ म इक्यानमा छु र म कन्सल्टेन्ट हुँ भन्ने वातावरण सिर्जना गर्नुपर्दछ।
उम्मेदवारीपछि दिपकराज भुषाल

म दिपकराज भुसाल, नेपाल शैक्षिक परामर्श संघ (ECAN) को वर्तमान महासचिव र उम्मेदवारीपछि अध्यक्ष पदको उम्मेदवार। स्वाभाविक ढंगले मेरो उम्मेदवारी किन भन्ने विषय चाहिँ कहिँ न कहिँ एजेन्डासँग रिलेटेड छ। म इक्यानमा लामो समयदेखि, मूलत सन् २००९ देखि नै निरन्तर रुपमा संलग्न छु। त्यसमा पनि विभिन्न समयमा म कमिटीमा बसेर काम गरेको छु। सदस्य भएर, सचिव भएर, दुई कार्यकाल महासचिव भएर करिब १४ वर्षको दौरान मैले कमिटीमै बसेर काम गरेको छु।
यो दौरानमा मैले शैक्षिक परामर्श क्षेत्र र इक्यानमा विभिन्न खालका गतिविधिहरु, कार्यक्रमहरु गर्ने दौरानमा यसलाई व्यवस्थित गर्ने विषयमा मैले आफ्ना केही अनुभवहरु लिएको छु। र कसरी यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने विषयमा पनि यसलाई आफूले मनन गरेको छु।
हाम्रो शैक्षिक परामर्श क्षेत्रलाई नीतिगत रुपले व्यवस्थापन गर्ने विषयमा म सचिव हुँदादेखि नै काम गरेको छु। महासचिव हुँदै गर्दा अग्रज नेतृत्वहरु सँग-सँगै शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायमा नीतिगत रुपमा व्यवस्थापन गर्ने भन्ने विषयमा निरन्तर रुपमा लागेको हुँ। हामी अहिले जुन शैक्षिक परामर्श क्षेत्रको एउटा खालका नीतिगत रुपमा निर्देशिकाको आधारमा गभर्न गरेर अगाडी बढेका छौं, यसलाई अझै बढी ठोस रुपमा कानुन कसरी बनाउन सकिन्छ? र यो क्षेत्रमा भएका विभिन्न खालका विषयहरुलाई व्यवस्थित गर्ने बारे म केन्द्रित हुनेछु। ऐनमार्फत कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई हामीले वर्कआउट गरिसकेको, विभिन्न निकायमा परामर्श शाखामा, प्रमाणीकरण शाखामा, एनओसी (NOC) शाखामा, शिक्षा मन्त्रीज्यूहरुलाई, शिक्षा सचिवज्यूहरुलाई बुझाइ सकेको अवस्था छ। यसलाई अब संस्थागत गर्ने भन्ने विषयलाई निचोडमा पुर्याउनु पर्नेछ। यी तमाम विषयलाई निचोडमा पुर्याउनको निमित्त पनि मेरो उम्मेद्वारी हो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...
चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ
गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ...
निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार...




