काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्नुको मुख्य कारण यातायात मात्र होइनः सडक विभाग
काठमाडौं। सडक विभागका वातावरण निरीक्षक मनोज अर्यालले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण यातायात क्षेत्रबाट निस्कने धुवाँधुलो मात्र नभएको बताउनुभएको छ ।
मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयनको अवस्था सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चैत–वैशाखतिर प्रदुषण अत्यधिक बढ्दा र प्रदूषण न्युन हुँदा पनि यातायातका साधनको संख्या उस्तै रहने तथ्यले यातायात मात्रै मुख्य कारक नभएको देखाएको जिकिर गर्नुभयो ।
उहाँले वायु प्रदूषणमा यातायातको भुमिका भए पनि उपत्यकामा बढ्दो प्रदुषणको सम्पूर्ण दोष यातायात क्षेत्रलाई मात्र दिनु उचित हुने जिकिर गर्नुभयो । उहाँले यातायातको माध्यमबाट हुने प्रदूषण नियन्त्रण गर्न कर तथा भन्सार नीतिको पुनरावलोकन गरी विद्युतीय सवारी (ईभी)लाई प्रोत्साहन गरिएको समेत बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा सवारी आयातमध्ये दुई तिहाइभन्दा बढी विद्युतीय सवारी रहेका छन् ।
उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको वातावरण प्रदुषण चैत, वैशाखतिर एकदमै उच्च तहमा पुग्दाखेरी र प्रदुषण न्यून हुँदा पनि यातायातका साधनहरु बराबर नै हुँदा वायु प्रदुषण बढ्नुको मुख्य कारक यातायात नै हो भन्ने कुरा देखिएन । प्रदुषण बढ्नुमा यातायातको भुमिका छ तर सम्पूर्ण रुपमा यातायातकै कारण उपत्यकामा वायुप्रदुषण बढेको भने होइन । यसका लािग हामीले कर तथा भन्सारको पुनरावलोकन गरेर ईभीलाई सहजता प्रदान गरेका छौँ । गत वर्षको तथ्यांक हेर्दाखेरी दुई तिहाईभन्दा बढी ईभी सवारी आयात भएको छ । अहिले ईभी प्रवद्र्धन भएको छ । हामीले साना गाडी मात्र होइन मास ट्रान्सपोटेसनमा पनि ईभी चलाउनुपर्छ भनेर नेपाल सरकार र चीनसकारबीच छलफल गरेर एक सय वटा ईभी बस चीन सरकारले दिने भनेको छ । अहिले पनि हामीले मास ट्रान्सपार्टेसनमा ४० वटा विद्युतीय बसहरु सञ्चालनमा छन् । हामीले यातायातको कारण वायु प्रदुषण नहोस् भनेर यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’
नेपाल सरकार र चीन सरकारबीच छलफल भई चीन सरकारले १ सय विद्युतीय बस उपलब्ध गराउने प्रतिवद्धता जनाएको र हाल काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस सञ्चालनमा रहेको अर्यालले बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...




