व्यवसायीक हितका लागि हामी एकढिक्का भएर अगाडि बढ्नुपर्छ : एन्ड्रयु पौडेल
एन्ड्रयु पौडेल (लक्ष्मण), अध्यक्ष पदको उम्मेदवार, नेपाल शैक्षिक परामर्श संघ (ECAN)
नेपाल शैक्षिक परामर्श संघ (ECAN)को साधारण सभामा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। आफ्नो परिचयसहित उम्मेदवारी बारे जानकारी दिनुहोस् न।
म ग्रेस इन्टरनेशनल अर्गनाइजेसनमार्फत विगत १९ वर्षदेखि काम गर्दै आइरहेको छु। २००६ बाट सुरु भएको अर्गनाइजेसन आज विभिन्न सिटीहरुमा शाख सहित एउटा लार्जेस्ट अर्गनाइजेसनको रुपबाट हामीले काम गरिरहेका छौ। इक्यान प्रथम उपाध्यक्षको रुपबाट कार्यरत छु। अहिले मेरो अध्यक्षमा उम्मेद्वारी यस संस्थालाई थप मजबुद बनाउँदै व्यवसायिक हक हितको काम गर्नका लागि हो।
यहाँले इक्यानियन हरुसँग कसरी भोट माग्नुहुन्छ? किन तपाईलाई मतदान गर्ने?
मेरो सिम्पल एण्ड लजिकल कुरा के छ भन्दा इक्यान भनेको व्यवसायीहरुको एउटा छाता संगठन हो। यो समग्र व्यवसायीको संस्था, जसले व्यवसायमा राम्रो गर्नु भएको छ, अगाडी बढाइराख्नु भएको छ, उहाँहरुलाई इक्यानमा आएर आफ्नो भोलेन्टरी इफोर्ट लगाउनको लागि आह्वान हो। भोलेन्टरी टाइम, इन्भेस्टमेन्ट, नलेज सेयरिङको काम गर्नको लागि हो। त्यस कारणले गर्दा मेरो एउटै उद्देश्य भनेको यो व्यवसायलाई मर्यादित पेशा र अकाउन्टेबिलिटी, पारदर्शिकता पेशा बनाउनुपर्छ भन्ने हो। किनभन्दा आज म १९ वर्षदेखि यस क्षेत्रमा आबद्ध भइराख्दा मार्केटमा हेरेर कसैले तपाई के गर्नुहुन्छ भनेर सोध्दा गर्वका साथ म इक्यानमा छु र म कन्सल्टेन्ट हुँ भन्ने वातावरण सिर्जना गर्नुपर्दछ।
किनभन्दा व्यवसायीहरु दिन प्रतिदिन यो फिल्डमा पनि नेगेटिभ कुराहरु, नराम्रा काम गर्ने मान्छेहरु आउने जाने एकदम रेगुलर भैरहेको अवस्थाले गर्दा यस्ता किसिमका अर्गनाइजेसनहरुले तिनीहरुलाई गभर्न गर्नुपर्छ र संस्थाको रुल्स एण्ड रेगुलेसनमा राख्नुपर्छ। त्यसले गर्दा मेरो उद्देश्य भनेकै इक्यानमा रहेर इक्यानका व्यवसायी साथीहरुलाई अवसर सिर्जना गर्ने हो।
संस्थागत हितको लागि यसमार्फत सरकारमा लभिङ गर्न सकिन्छ। आजको समयमा शिक्षा मन्त्रालयले अनुमति दिएको कन्सल्टेनसी र प्रदेशले अनुमति दिएका कन्सल्टेन्सी छन्। यही दुईटा बिचमा तालमेल मिलिरहेको छैन। आज तपाईले एनओसी (NOC) को लिस्टमा हेर्नुभयो भने शिक्षा मन्त्रालय रजिस्ट्रर गरेको लिस्ट भेट्नु हुन्छ र त्यही प्रदेश तिर अथवा अरु क्षेत्रमा भएका साथीभाइहरुको त्यहाँ लिस्ट देख्नुहुन्न। यो एकदम च्यालेन्जको विषय हो र यसलाई हामीले सहि किसिमबाट टेबल डिस्कसन गरेर समाधान गर्नुपर्छ।
हामी समस्या मात्र उजागर गर्छौं तर समस्याको समाधान के हो भनेर देखाउन सक्दैंनौ। त्यस कारणले गर्दा मेरो जिम्मेवारी भनेकै हाम्रो समस्या पहिचान गरी त्यसलाई समाधान गर्ने हो।
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...




