Breaking News

सहसचिव प्रदीप परियारलाई विशेष अदालतले दियो सफाइ

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव प्रदीप परियारले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको हो ।

ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपाल सरकारको सहसचिव परियार भ्रष्टाचार मुद्दा दर्ता हुँदा  सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो।

महानगरका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरीलगायतलाई मुद्दा दर्ता गरेको थियो ।

सामाखुशी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको दाबी थियो ।

आयोगका अनुसार सबैभन्दा कम अङ्क १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गर्ने निर्णय व्यवसायी समानान्तर सेवा प्रालिलाई अयोग्य ठहर गरी कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिइएको थियो ।

अभियोग पत्रमा पदको दुरुपयोग गरेर महानगर तथा सार्वजनिक संस्थाको सम्पत्तिमा बदनियतपूर्वक हानि नोक्सानी पुर्‍याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना मागदाबी गरिएको थियो ।

सम्बन्धित समाचार

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र...

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...