Breaking News

राष्ट्रियसभा १८ सदस्यका लागि उम्मेदवारी मनोनयन आज

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ ।

राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ ।

यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ ।

आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

सम्बन्धित समाचार

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित

काठमाडौँ । ओखलढुंगाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन्। रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई...

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...