गगनको अडान : विशेष महाधिवेशन पुस २७ मै हुन्छ, पछि हट्दैनौँ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष महाधिवेशन उद्घाटन समारोह सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ
बुद्धिजीवीहरूसँगको छलफलका क्रममा थापाले २७ गते बिहान ११ बजे विशेष महाधिवेशन उद्घाटन हुने भएकाले सबैलाई उपस्थित हुन निम्तो दिनुभएको छ।
छलफलका क्रममा उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरूभित्र प्रश्न मर्न दिनहुन्न । त्यसैले पनि विशेष महाधिवेशन गर्छौँ । अब पछि हट्ने कुरा छैन ।’
विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
उहाँहरूले पुस २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै विधानको व्यवस्था अनुसार पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत आज जानकारी दिनुभएकोछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...




