२६ एजेन्डा कार्यन्वयन गर्न प्रतिबद्ध छु: भूषाल
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघको आसन्न निर्वाचनमा दिपकराज भुषालले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। उम्मेदवारीसँगै भुषाल र उहाँ नेतृत्वको समूहले सन् २०२६ का २६ एजेन्डा लिएर मैदानमा उत्रिएको छ। मंगलबार उम्मेदवारी दिएपछि खबरसेवाले गरेको कुराकानी गरेको थिए। सो क्रममा भुषालले व्यक्त गर्नुभएको धारणा:
स्वाभाविक ढंगले उम्मेदवारी किन भन्ने विषय कहीँ न कहिँ एजेन्डासँग रिलेटेड छ। किन अध्यक्ष बन्नु पर्यो भन्ने विषयसँग रिलेटेड छ। प्रथमतः म नेपाल इक्यानमा लामो समयदेखि, मूलतः २००९ देखि नै निरन्तर रुपमा संलग्न छु। त्यसमा पनि विभिन्न समयमा म कमिटीमा बसेर काम गरेको छु। सदस्य भएर, पुन: महासचिव भएर चार कार्यकाल करिब १४ वर्षको दौरान मैले कमिटीमै बसेर काम गरेको छु।
सो समयमा मैले शैक्षिक परामर्श क्षेत्रमा विभिन्न खालका गतिविधिहरु, कार्यक्रमहरु गर्ने दौरानमा विभिन्न काम भएका छन्। यसलाई व्यवस्थित गर्ने विषयमा मैले आफ्ना केहि अनुभवहरु लिएको छु। कसरी यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने विषय मैले मनन गरेको छु।
हामीले यो नयाँ वर्ष २०२६ का २६ प्रतिबद्धता एजेन्डाका रुपमा प्रस्तुत गरेका छौं। हाम्रा सम्पूर्ण व्यवसायी साथीहरुलाई त्यो अध्ययन गर्न अनुरोध गर्दछु। त्यहाँ हाम्रो काम र उद्देश्य स्पष्ट रुपमा प्रस्तुत भएको छ।
मेरो यो क्षेत्रको अनुभवका आधारमा नै मैले सम्भव हुने मात्र एजेन्डाहरुलाई त्यहाँ राखेको छु।
यहाँको मिडिया मार्फत यो पौष २८ मा हुने निर्वाचनमा अध्यक्ष पदमा म र मेरो नेतृत्वको् सम्पूर्ण टिमलाई अत्याधिक मतले विजयी गराइदिनु हुनेछ भन्ने आशा र विश्वासका साथ म यहाँहरुलाई अपिल गर्न चाहन्छु।
ताजा अपडेट
-
१.
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
-
२.
राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव
-
३.
निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा
-
४.
अञ्जन श्रेष्ठको कार्यकाल अभूतपूर्व हुनेछ, उनले रोजेको टिमलाई जिताऔंः शेखर गोल्छा
-
५.
एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे (अन्तर्वार्ता)
नेपाली काँग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष...
इरानले बन्द गर्यो होर्मुज समुद्री जलमार्ग
काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...
“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”
कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...
नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का
प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...




