मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीद्वारा नेकपा परित्याग
काठमाडौँ। मधेश प्रदेशका प्रदेशसभा सदस्य रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी छोड्नुभएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिएर उनले पार्टी छोडेको घोषणा गर्नुभएको हो।
मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन गरे पनि रोष्ट्रमबाटै विद्रोह गरेपछि रहबर चर्चामा आउनुभएको थियो। उहाँले विद्रोह गरेपछि माओवादी केन्द्रकी अर्की प्रदेश सांसद माला कर्णले समेत विश्वासको मत नदिने घोषणा गर्नुभएको थियो।
समर्थन गरेकै दलका दुई जना सांसदले विद्रोह गरेपछि सोनलले विश्वासको मत गुमाउनुभएको थियो। उहाँले सरकार बनाउन र ढाल्नका लागि मात्रै आफू प्रदेश सांसद नभएको जिकिर गर्नुभएको थियो।
संसदीय दलको निर्णयविपरित जाँदा पनि रहबरलाई पार्टीलाई कारबाही गरेको थिएन।
साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेकोले आफू यो विरोधाभासको हिस्सा बन्न नसक्ने प्रचण्डलाई बुझाएको राजीनामापत्रमा उहाँले भन्नुभएको छ।
‘यो गीत अब तपाईँको स्मृतिमा मात्र बाँकी छ, साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ,’ प्रचण्डलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, `म यो विरोधाभासको हिस्सा बन्न सक्दिन। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दाबाद भन्दै बिदा लिन्छु।’
परिवर्तनका नाराहरू घन्काइए पनि सम्झौता, पद र सुविधाको राजनीतिमात्रै देखिएको रहबरले बताउनुभएको छ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
काठमाडौं। सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु भएको छ। रूपन्देहीको देवदह नगरपालिका-५ खैरेनीमा पानीमा डुबेर...




