प्रधानमन्त्रीलाई निवासमै पुगेर राप्रपाले दियो पृथ्वीजयन्तीको निम्तो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि निम्तो दिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री कार्कीलाई बालुवाटार पुगेर निम्तो दिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो।
‘प्रधानमन्त्री सुशीला कार्कीलाई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर हामी राप्रपा टोलीले भेट्यौं, पौष २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दियौं,’ उहाँले भन्नुभयो।
उहाँले प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई श्रद्धा गर्ने बताएको पनि जानकारी दिनुभयो ।
‘तपाईँहरुले प्रधानमन्त्रीको रुपमा मलाई निम्ता गर्नुभयो म आउँछु,’ प्रधानमन्त्रीलाई उदृत गर्दै श्रेष्ठले भन्नुभयो, ‘विगतमा को आए आएनन् त्यो हेर्ने होइन, म चाहिँ आउँछु ।´
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




