Breaking News

प्रधानमन्त्री र ओलीबीच ३ घण्टा एक्लाएक्लै भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीले प्रधानमन्त्री कार्कीलाई बालुवाटार पुगेर भेट्नुभएको हो।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार ओली ११ बजे बालुवाटार पुग्नुभएको हो । चुनावलाई केन्द्र राखेर तीन घण्टाभन्दा धेरै प्रधानमन्त्री कार्की र ओलीबीच छलफल भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री र ओलीबीच एक्ला एक्लै बसेर कुराकानी भएको थियो ।

प्रधानमन्त्री कार्कीले सरकारले तोकिएकै समयमा निर्वाचन गराउने भन्दै सहयोगका लागि आग्रह गराउनुभएको थियो।

प्रधानमन्त्रीको कुरा सुनेपछि ओलीले एमाले ध्वंश गर्ने पार्टी नभएको भन्दै चुनावमा भाग लिने बताउनुभएको थियो।

ओलीको भनाइ उद्धृत गर्दै रावलले भन्नुभयो, ‘एमाले चुनावमा भाग लिन्छ, ध्वंश गर्ने पार्टी होइन । तर सरकारले त्यसको वातावरण बनाउनुपर्छ ।’

सम्बन्धित समाचार

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...