निर्वाचनमा ७ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने
काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा ७ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी (म्यादी सुरक्षाकर्मी) परिचालित हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लामा यसपटक ४ हजार ७४८ जना निर्वाचन प्रहरी परिचालित हुनेछन्, जसका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीतर्फ संयुक्त भर्ना प्रक्रिया सुरु भइसकेको छ ।
जिल्लामा २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र तोकिएका छन्, जसमध्ये ९५ वटा मतदानस्थल र २७१ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेको जनाइएको छ । प्रजिअ गेलालका अनुसार मतदानस्थलमा १४७ वटा संवेदनशील र ४३ वटा सामान्य रहेको वर्गीकरण गरिएको छ ।
यसैगरी मतदान केन्द्रहरुमा ३९० वटा संवेदनशील र १०५ वटा सामान्य भनेर वर्गीकरण गरिएको छ । झापामा यसपटक ४९ मतदान केन्द्र थप भएका छन् । निर्वाचनमा परिचालन हुने ४ हजार ९४७ जना निर्वाचन प्रहरीको छनोटका लागि आजदेखि भर्ना प्रक्रिया सुरु भएको हो । आजदेखि ५ माघसम्ममा भर्ना हुन चाहनेले दरखास्त दिनुपर्ने भर्नासम्बन्धी सूचनामा उल्लेख छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु
काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार...
दमकका सबै वडामा एमालेका निर्वाचन परिचालन कमिटीका कार्यालय
दमक । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय आजदेखि सञ्चालन...
उम्मेदवार पर्खिइरहेका कचनकबलवासी
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण...
एमाले जेनजी उम्मेदवार थापा भन्छिन्ः आसन, भाषण र शासनमा महिलाहरुलाई पुर्याउन देशव्यापी नेतृत्व गर्नेछु
काठमाडौं। नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास र युवा र...




