अन्तर्राष्ट्रिय

इरानमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै, ४५ जनाको मृत्यु

काठमाडौं। इरानमा सरकार विरोधी प्रदर्शनले उग्ररुप लिएको छ। इरानी धर्मगुरुहरूको शासन र सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको विरुद्धमा विगत १२ दिनदेखि जारी आन्दोलन अहिले देशका ३१ वटै प्रान्तका सयभन्दा बढी सहरमा फैलिएको छ।

राजधानी तेहरान र दोस्रो ठूलो सहर मशदमा हजारौँको संख्यामा उत्रिएका प्रदर्शनकारीले निर्वासित पूर्व युवराज रेजा पहलवीको समर्थनमा नाराबाजी गरिरहेका छन्। उनीहरूले तानाशाहको अन्त्य होस् भन्दै सुरक्षा घेरा तोडेर सडकमा प्रदर्शन गरेका हुन्।

यसैबीच, विभिन्न मानव अधिकारवादी संस्थाहरूले हिंसामा परी मृत्यु हुनेको संख्या ४५ नाघेको बताएका छन्। नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार मारिनेमा आठ जना बालबालिका समेत छन्। इरानको अर्ध–सरकारी समाचार संस्था फार्सले भने केही सुरक्षाकर्मीको पनि मृत्यु भएको पुष्टि गरेको छ।

आन्दोलन दबाउन सरकारले देशभर इन्टरनेट सेवा बन्द गरिदिएको छ। आर्थिक मन्दी, मुद्रास्फीति र भ्रष्टाचारका कारण सुरु भएको यो प्रदर्शन सन् २०२२ पछिकै ठूलो मानिएको छ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भने सुरक्षा निकायलाई संयम अपनाउन निर्देशन दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनकारीमाथि हिंसा भए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...