जनताले नरुचाएकाले कांग्रेस-एमालेसँग सहकार्य भएन : नेकपा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले नरुचाएको बताउनुभएको छ।
बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भए पनि आम नागरिकले सकारात्मक रूपमा नलिएको बताउनुभएको हो।
उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँट हुनुपर्ने प्रस्ताव पार्टीले अघि सारेको भए पनि कांग्रेस–एमाले त्यसका लागि तयार नभएको पनि बताउनुभयो।
उहाँले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा कुनै पनि दलसँग सहकार्य नगर्ने स्पष्ट पार्नुभयो।
उहाँले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताउनुभयो। पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा सदस्यमा कांग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पंक्ति र आम जनताले पनि त्यति मन पराइरहेका छैनन् । मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरू आई नै रहेका थिए । तर पनि राजनीतिक पार्टीहरूसँग हुने सहकार्यको विषय स्वभाविक पनि हुन्छ । फेरि यो राष्ट्रिय सभाको निर्वाचन भनेको आम निर्वाचनजस्तो होइन । प्रतिनिधिहरूले चुन्ने निर्वाचन भएको हुनाले यो अरू निर्वाचन जस्तो होइन । मतभारको आधारमा सिट बाँडफाँट हुन्छ भने गरौँ भनेर हामीले भनेको हो । तर त्यहाँ समानता र निष्पक्षताको भाव देखिएन पनि । एक त हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहान्छौँ । र प्रत्यक्ष निर्वाचन नभएको हुनाले समझदारी गर्ने भए गरौँ भनेको हो तर उनीहरूमा मिल्ने छाँट देखिएन । हामी अगामी आम निर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ ।’
विगतमा अन्य राजनीतिक दलहरूसँग गठबन्धन गर्न आफूहरूको पहचिान स्थापित हुन नसकेको उहाँको स्वीकारोक्ति छ । उहाँले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेन्डाहरू समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गर्नुुभयो।
उहाँले भर्खरै एकतामा गएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी पनि गर्नुभयो।
राजनीतिक दलहरूमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण पछिल्ला मुलुक यो संकटको अवस्थामा पुगेको पनि उहाँको जिकिर छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...




