कांग्रेस नेतृत्वलाई १५ भ्रातृ संगठनको अपिल : सहमति नै अघि बढ्नुको विकल्प छैन
काठमाडौं। विशेष महाधिवेशनलाई नेपाली कांग्रेसभित्र विवाद भइरहेका वेला १५ वटा भातृ संगठनले सहमतिमै अघि बढ्न अनुरोध गर्नुभएको छ।
शुक्रबार भातृ संगठनहरूले संयुक्त अपिल जारी गरी कांग्रेस नेतृत्व र विशेष महाधिवेशन पक्षधरलाई सहमतिका लागि आग्रह गर्नुभएको छ।
‘नियमित महाधिवेशनको मिति वैशाख २८ गतेदेखि ३१ गतेसम्मका लागि तोकिसकेको र फागुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्षमा पार्टी एकढिक्का भई अघि बढ्नुको विकल्प छैन’, उहाँहरूले भन्नुभएको छ, ‘यो समय सबै नेता तथा कार्यकर्ताहरू तथा शुभेच्छुकलाई संयमित भएर जिम्मेवारीपूर्ण तरिकाले सबैको सहअस्तित्वलाई स्वीकार गरेर सहमतिमार्फत नै अघि बढ्न अनुरोध गर्दछौँ।’
विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र देखिएको तिक्तता नियाली रहेको उनीहरूले उल्लेख गर्नुभएको छ। ‘पछिल्लो समय देशमा आएको राजनीतिक संटक र नेपाली कांग्रेसमा देखिएको राजनीतिक तिक्तता नजिकबाट नियाली रहेका छौँ’, अपिलमा भन्नुभयो, `हालको अवस्थामा देश र जनतालाई संकटमुक्त गर्न एकढिक्का भएर अघि बढ्न सबैमा आह्वान गर्दछौँ। नेपाली कांग्रेसका सभापति, पदाधिकारीहरू तथा सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण गराउन चाहन्छौँ।’
नेपाल महिला संघका अध्यक्ष उषा राउत, नेपाल दरुण दलका अध्यक्ष विद्धान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन् सेनानी संघ अध्यक्ष वालकृष्ण दाहाल, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्दै तिमल्सिना, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान तथा केन्द्रीय सदस्य हर्कबहादुर विश्वकर्मा र नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष गर्जबहादुर गुरुङले संयुक्त अपिल जारी गर्नुभयो।
त्यस्तै, नपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महासचिव मनोहरी श्रेष्ठ, नेपाल लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, नेपाल मुस्लिम संघका अध्यक्ष अतावुल मन्सुरी, नेपाल थारू संघका अध्यक्ष शिवनारायण महतो गुरो, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष इच्छुराम राना मगर तथा उपाध्यक्ष कृष्ण थापा मगर, नेपाल तामाङ संघका अध्यक्ष रामकृष्ण इन्द्र लामा, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाले अपिल जारी गर्नुभयो।
ताजा अपडेट
-
१.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
-
२.
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी
-
५.
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...
प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने
काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
सुर्खेत । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले...




