लुम्बिनी

अज्ञात समूहले लगाएको आगलागीमा परेर जल्यो भैंसी, ११ क्विन्टल गहुँ पनि खरानी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका –२ नेवाजी गाउँमा एक स्थानीयको घरमा आगलागी हुँदा दुध दिने भैँसी लगायत आठवटा जनावर जलेर मरेका छन् ।

ती जनावरसँगै सो घरमा राखिएको करिब ११ क्विन्टल गहुँ पनि जलेर नष्ट भएकाले नौ लाख रुपियाँ बराबरको क्षति भएको घरधनि भगवानदिन यादवले बताउनुभयो ।

उहाँले शुक्रबार विहान करिब १ बजेतिर कसैले आएर घरमा आगलागी गरेर फरार भएको जनाउँदै घर गोठ जलेर खरानी भइसकेपछि मात्र आफुहरुले थाहा पाएको र कसले लगाएको हो सोबारेमा केही थाहा नभएको बताउनुभयो ।

आगलागी भएको घरमा बिद्युत नरहेकाले आगलागी आफै नभइ कसैले गरेको आशंका गरिएको यादवले बताउनुभयो । उहाँले दुध दिने भैंसीहरु जलेर मरेकाले आफ्नो व्यवसाय नै समाप्त भएको दुखेसो गर्नुभयो ।

उता, जिल्ला प्रहरी कार्यालय बाँकेले आगलागीको घट्नाबारे जानकारी आउनसाथ प्रहरीले घट्नास्थलमा पुगेर मुचुल्का बनाउनुका साथै सोधपुछ गरेर आगलागीबारे जानकारी लिएको जनाएको छ ।

घट्ना कसरी भयो भन्ने बारेमा पनि गहिरिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताउनुभयो ।

सम्बन्धित समाचार

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् ।...

लुम्बिनी प्रदेशकै पहिलो इड्राइभले नेपालगन्जबाट सुरु

लुम्बिनी प्रदेशकै पहिलो इड्राइभले नेपालगन्जबाट सुरु

नेपालगन्ज । लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा ई–ड्राइभले नेपालगन्जबाट पनि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ ।...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट युवकलाई पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट युवकलाई पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेकै...