Breaking News

बलिउड अभिनेता सञ्जय दत्तलाई भेट्न नेपाली कलाकारको लर्को, स्मिता दाहालदेखि नीति शाहसम्मको भेट

काठमाडौं। चर्चित बलिउड अभिनेता सञ्जय दत्तले नेपाली कलाकारहरुसँग भेटघाट गर्नुभएको छ।

उहाँले अभिनेता प्रदीप खड्कादेखि सन्दीप क्षेत्री, अभिनेत्री नीति शाह र गायिका स्मिता दाहाल लगायतले सञ्जयसँग भेटघाट गर्नुुभएको छ।

कलाकारहरुले सञ्जयसँग भेटेको तस्बिरहरु सामाजिक सञ्जालमा राख्नुभएको छ। सन्दीपले बाल्यकालको हिरो भन्दै सञ्जयसँगको भेटेको तस्विर र भिडिओ फेसबुकमा राख्नुभएको छ।

‘मेरो बाल्यकालको हिरोलाई प्रत्यक्ष भेट्दै, म योभन्दा बढी के माग्न सक्छु? साँच्चै जीवनभरको सम्झना। सधैंभरि कृतज्ञ।’

त्यस्तै, प्रदीप खड्काले पनि सञ्जयसँग भेटेको तस्विर राख्दै निकै खुसी लागेको उल्लेख गर्नुभएको छ। उहाँले फोटो राख्दै लेख्नुभ‘एको छबत्तीहरू पूर्ण रूपमा राम्रो नभएपनि त्यहाँको माहोल अद्भूत थियो।’

नीति शाहले पनि क्याप्सनसहित संजयसँगका केही तस्बिर साझा गर्नुभएको छ। काठमाडौँमा बादशाह क्यासिनो उद्घाटनको लागि बिहीबार साँझ दत्त नेपाल आउनुभएको थियो। नेपाल आएसँगै उहाँलाई एयरपोर्टमा ढाकाटोपी लगाउँदै स्वागत गरिएको थियो।

दत्तले बिहीबार बेलुका नै पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई उहाँकै निवास ललितपुरको हात्तीवन पुग्नुभएको थियो। जहाँ उनले प्रचन्डकी नातिनि तथा गायिका स्मिता दाहालसँग पनि भेट्नुभयो। गत वर्ष स्मिताको विवाहमा भिडिओ सन्देश नै जारी गरेर शुभकामना दिनुभएको थियो।

त्यस्तै, सञ्जय दत्तले चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग भेट गर्नुभएको थियो। शुक्रबार दत्त पशुपतिनाथ मन्दिर समेत दर्शन गर्नुभएको थियो। आजै उहाँ भारत फर्किने बताइएको छ।

 

सम्बन्धित समाचार

एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरु कुनैपनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था...

बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ।...