ट्रम्प भन्छन्ः सजिलो होस् वा कठिन, ग्रीनल्याण्ड प्राप्त गर्छौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नका लागि सजिलो वा कठिन तरिकाले सम्झौता गर्ने बताउनुभएको छ। ह्वाइट हाउसले ग्रीनल्याण्डका बासिन्दाहरूलाई अमेरिकामा सामेल हुन सहमत गराउन पैसा तिर्नेबारे विचार गरिरहेको भन्ने सञ्चार माध्यमको रिपोर्टबारे सोधिएको प्रश्नमा ट्रम्पले आफू अहिले ग्रीनल्याण्डका लागि पैसाको बारेमा कुरा नगरिरहेको बताउनुभयो।
अमेरिकी सञ्चार माध्यमकाअनुसार अमेरिकाका लागि डेनिस राजदुत जेस्पर मोलर सोरेन्सन र अमेरिकाका लागि ग्रीनल्याण्डका प्रतिनिधि प्रमुख ज्याकोब इबोसेथसेनले बिहीवार ह्वाइट हाउसका अधिकारीहरूसँग भेट गरेका थिए।
ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको ग्रीनल्याण्डको मागका सन्दर्भमा अमेरिकी सेनाको उपयोग सधैं एक विकल्प रहेको बताएको छ । ग्रीनल्याण्ड र डेनमार्क दुवैले यो टापु विक्रीको लागि नभएको स्पष्ट पारेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...
निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न...
निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्याउँछौँः गृहमन्त्री
काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको...
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...




