स्वास्थ्य

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

सुर्खेत। जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार कार्य सुरु गरिएको जाजरकोट स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो।

नलगाड नगरपालिकामा छ जना, छेडागाड नगरपालिकामा पाँच जना, जुनिचाँदे गाउँपालिकामा–३ जना तथा भेरी र बारेकोट गाउँपालिकामा दुईरदुई जना बिरामी रहेका छन्। कुष्ठरोगसँग जोडिएको सामाजिक लाञ्छना र भेदभाव कम गर्दै रोगको शीघ्र पहिचान, उपचार र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा जिल्लाका सम्पूर्ण स्थानीय तहमा कुष्ठरोग ‘केस भेरिफिकेशन’ कार्यक्रम पुस १७ देखि २२ गतेसम्म सञ्चालन भएको थियो । उक्त खोजबाट १८ जना बिरामीहरू फेला परेका छन् ।

पहिला दर्ता भएका कुष्ठरोगका बिरामीहरूको पुनः परीक्षण, उपचारको निरन्तरता, औषधि सेवनको अवस्था तथा अपाङ्गता रोकथामसम्बन्धी अवस्थाको मूल्याङ्कनसमेत गरिएको कार्कीले जानकारी दिनुभयो । विज्ञसहितको टोलीद्वारा जाँच गरेर कुष्ठरोगी पत्ता लगाएको थियो ।

स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य तथा परिवार कल्याण शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रमेश कार्कीले भन्नुभयो, “कुष्ठरोग इतिहासकै पुरानो रोग भए पनि यसप्रति रहेको सामाजिक लाञ्छाना र अन्धविश्वासका कारण अझै पनि केही बिरामी लुकेर बसेको हुनसक्ने सम्भावना रहेको छ । नियमित रूपमा औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने र अपाङ्गताबाट बच्न सकिन्छ । साथै औषधिको एकमात्र ‘डोज’ सेवन गरेपछि पनि रोग अन्य व्यक्तिमा सर्ने सम्भावना अत्यन्त न्यून रहन्छ ।”

सम्बन्धित समाचार

चिकित्सा शिक्षा सुधारका लागि विजय पन्तले बुझाउनुभयो ध्यानाकर्षण पत्र

चिकित्सा शिक्षा सुधारका लागि विजय पन्तले बुझाउनुभयो ध्यानाकर्षण पत्र

काठमाडौं। चिकित्सक एवं स्वास्थ्य अभियन्ता डा विजय पन्तले चिकित्सा शिक्षा आयोगलाई चिकित्सा शिक्षा सुधारका सम्बन्धमा सुझाव तथा ध्यानाकर्षण पत्र...

संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल

संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल

संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २।१६ अर्ब...

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...