Breaking News

रास्वपाले भन्यो : कुलमानसँगको सम्बन्ध सकियो, के मा भयो समस्या?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सहकार्यको सम्भावना अन्त्य भएको घोषणा गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने माग कुलमान घिसिङ नेतृत्वको उज्यालोले गरेपछि एकता भंग भएको घोषणा रास्वपाले गरेको हो।

रास्वपा स्रोतका अनुसार उज्यालोले लोकतान्त्रिक गणतान्त्रिक संरचनाको कुरामा उज्यालो नेपाल पार्टीले फरक धारणा राख्नुपर्ने बताएको थियो। तर रास्वपाले नस्वीकारेको स्रोतको दाबी छ।

उज्यालोले पदाधिकारीमा अहिले भएकोमा थप तीनवटा पद दिनुपर्ने, साथै वरिष्ठ उपसभापति एक महामन्त्री राखेर त्यो उज्यालो नेपाल पार्टीको भागमा पर्नुपर्ने माग गरेको थियो। त

आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीको लागि सिट तोकेरै जानुपर्ने उज्यालो पार्टीको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वले विमति जनाएको छ। यही कारण  राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको सहकार्य औपचारिक रुपमा टुंगिएको घोषणा मात्र हुन बाँकी रहेको अवस्थामा टुंगिएको रास्वपाले जनाएको छ।

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...