Breaking News

अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छः पुन

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले तोकिएकै मिति आगामी २१ फागुनमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ।

स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभयो।

हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी संकटमा रहेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उहाँको भनाइ थियो । पुनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नामेट पार्न खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न देशलाई माया गर्ने राष्ट्रियता पक्षधर शक्तिहरुबीच एकता र सहकार्य जरुरी रहेकामा जोड दिनुभयो।

‘हजारौंको बलिदानीपछि प्राप्त उपलब्धी खतरामा छ । यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ । अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नै नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता, अखण्डताका पक्षधर देशभक्त शक्तिहरु एक ठाउँमा उभिनुपर्छ’, पुनले भन्नुभयो।

मुलुकको राजनीति अत्यन्तै अस्थिर र तरल अवस्थामा रहेको र कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको पुनले औंल्याउनुभयो । ‘अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चियजस्तो वातावरण छ । कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न नसकिने अवस्था छ’, उहाँले भन्नुभयो।

पुनले राजनीतिमा सँगै अर्थतन्त्रमा पनि समस्या चुलिएको बताउनुभयो। ०७२ को महाभूकम्प र कोभिड–१९ महाकारीबाट प्रभावित अर्थतन्त्र तङ्ग्रिन खोज्दै गर्दा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि फेरि सुस्ततामा गएको उल्लेख गर्नुभयो।

आन्दोलनका क्रममा भएको विश्वंशका कारण निजी क्षेत्रको मनोबल गिरेको उहाँको भनाइ थियो । ‘भूकम्प र कोभिड–१९ को प्रभावबाट अर्थतन्त्र तँग्रिन खोजिराखेका बेला भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका विश्वंशहरुले लगानीकर्ताहरुको मनोबल गिरिराखेको अवस्था छ । तँग्रिदै गएको अर्थतन्त्र फेरि सुस्ताएको छ’, पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले भन्नुभयो।

 

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...