Breaking News

निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुन्छ : पूर्वआयुक्त उप्रेती

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने धारणा राख्नुभएको छ।

उहाँले देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर दिन निर्वाचन २ महिना पछि सार्न उपयुक्त हुने तर्क गर्नुभयो।

शनिबार काठमाडौँमा आयोजित आगामी फागुन २१ मा हुने निर्वाचनको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले लोकतन्त्रमा सबैले निर्वाचनमा मत हाल्न पाउने अधिकार भएकाले पनि त्यसको व्यवस्था गर्न पनि निर्वाचन तोकिएको मितिबाट केही समय पछि सार्न आवश्यक रहेको बताउनुभयो।

उप्रेतीले भन्नुभयो,‘वैशाख २१ गते निर्वाचन गर्दा के फरक पर्छ भन्ने गर्छु म। मतदातालाई मताधिकार दिने भित्री र बाहिरी मतदातालाई मतदान गर्ने अधिकार दिने समस्या समाधान गर्न सकिन्थ्यो कि। टेक्नोलोजी प्रयोग गरेर पनि त्यो काम गर्न सक्छौं जस्तो लाग्छ। ११९ वटा विभिन्न मुलुकमा रहेका मतदातालाई पनि मतदान गर्ने अधिकार लोकतन्त्रमा दिनुपर्छ।’

कार्यक्रममा बोल्दै पूर्वकार्यवाहक पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो।

संविधानसभा सदस्य एवं कानूनविद् डा. खिमलाल देवकोटाले विद्यमान संवैधानिक प्रावधानमा संशोधन नगरी हुने निर्वाचनले गति नदिने दाबी गर्नुभयो।

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...