एकैदिनमा सकियो एमालेको केन्द्रीय कमिटी बैठक
काठमाडौँ । पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेर नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ ।
ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको बैठकले अध्यक्षले राखेको समसामयिक प्रस्ताव पारित गर्दै सकिएको एमाले प्रचार विभाग प्रमुख मीनबादुर शाहीले जानकारी दिनुभयो।
‘समसामयिक विषय, विश्व राजनीतिक परिस्थितिमा छलफल र परामर्श भयो,’ प्रमुख शाहीले भन्नुभयो,‘खासगरी प्रतिनिधि सभा पुनर्स्थापना, आन्दोलन र निर्वाचनको सिलसिला सँगै अगाडि बढाउने निर्णय गरेको छ ।’
त्यस्तै विश्वस्तरमा देखिएका घटनाक्रमहरूमा क्षेत्रीय र अन्तरार्ष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन, कुनै पनि देशको सार्वभौमिकतालाई सम्मान गर्न तथा अक्षुण्ण राख्नुपर्नेमा बैठकमा छलफल भएको शाहीको भनाइ छ ।
अध्यक्ष ओलीले बैठकमा राखेको मन्तव्यलाई नै समसामयिक प्रस्ताव मान्दै पारित गरेको एमालेले जनाएको छ । तीन दिन बस्ने भनिएको बैठक कामको प्राथमिकता र आवश्यकताका आधारमा एकै दिनमा सकिएको एमालेको भनाइ छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिदै
धनकुटा। नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ। धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको...
गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...
कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...




