समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँः उपराष्ट्रपति
काठमाडौँ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूलमन्त्र बनाउन सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई अन्त्य गर्ने सङ्कल्पले मात्र मुलुकलाई आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक उन्नतितर्फ अघि बढाउन सकिने बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “कुनै पनि जातीय, वर्गीय, धार्मिक र क्षेत्रीय द्वन्द्वलाई निस्तेज गर्दै भाइचारा, मेलमिलाप र अपनत्वभाव विकास गर्नमा पनि यस दिवसले योगदान पुग्ने विश्वास लिएको छु, राष्ट्रिय एकता दिवसले हाम्रो समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने मार्गप्रशस्त गरोस् ।”
उपराष्ट्रपति यादवले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, सहिष्णुता र समरसता अभिवृद्धि गर्ने उत्प्रेरकका रूपमा एकता दिवसलाई उपयोग गर्न सक्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय एकता दिवसले हामीलाई आपसी विश्वास, सहयोग र साझा जिम्मेवारीको भावनासहित अघि बढ्न आह्वान पनि गर्नुभएको छ ।
“राष्ट्रिय एकता दिवस २०८२ ले विविधतामा एकतालाई हाम्रो राष्ट्रिय पहिचानको आधार बनाउँदै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित समतामूलक समाज निर्माण गर्ने सङ्कल्पलाई थप सबल बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु”, शुभकामना सन्देशभा भनिएको छ ।
पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीका रूपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको उपराष्ट्रपति यादवको भनाइ छ । उहाँले भन्नुभयो, “आजको दिनले हामीलाई व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदछ, युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व छ ।”
–––
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...
मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै
काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...
निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...
निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न...




