अर्थ
२७ पुष २०८२ १३:३४
खबर सेवा · More from author
मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या
खबर सेवा
गण्डकी। सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ । मापदण्डविपरीतका घर, विद्युत्का खम्बा र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा सडक विस्तार तथा स्तरोन्नति कार्य प्रभावित भएको सडक आयोजना कार्यालयले जनाएको छ ।
पोखरा–मुग्लिन सडकको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरले पोखरा अन्तरराष्ट्रिय विमानस्थलका ४२ सहित ५२ विद्युतीय खम्बा सार्न बाँकी रहेको बताउनुभयो । “सडक क्षेत्रभित्र पर्ने खानेपानी पाइप स्थानान्तरणको काम पनि सुस्त गतिमा भइरहेको छ, रुख कटान गरिएका ठाउँमा लिलामी हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पोखरा महानगरपालिका–१० सेती पुलको आडमा रहेका मापदण्डविपरीतका तीन घर पनि हटाउन बाँकी छ ।”
नेपाल विद्युत् प्राधिकरणले पोखरा अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा विद्युतीय तार भूमिगत गरिसके पनि खम्बा भने अझै नहटाएको इञ्जिनियर कुँवरले बताउनुभयो । “कुँडहरदेखि विमानस्थलको प्रवेशद्वारसम्म रहेका विद्युत्का खम्बा नहट्दा सडक निर्माणमा अवरोध सिर्जना भएको छ, खम्बा छिटो हटाउन प्राधिकरण र विमानस्थललाई अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो ।
पोखरा–१० मा रहेका मगर सङ्घको भवनलगायत मापदण्डविपरीत रहेका संरचना हटाउने निर्णय भइसके पनि कार्यान्वयनमा ढिलाइ भएको इञ्जिनियर कुँवरले बताउनुभयो । सडकको अधिकार क्षेत्रभित्र पर्ने घरटहारा हटाउँदा आयोजना कार्यालयले क्षतिपूर्ति दिने उहाँको भनाइ छ ।
महानगरपालिकाले तीन वर्षअघि सडक क्षेत्रभित्र पर्ने अनाधिकृत संरचना हटाउने अभियान सुरु गरे पनि कतिपय संरचना नहट्दा सडक निर्माणमा समस्या भएको हो । इञ्जिनियर कुँवरले मापदण्डविपरीतका संरचना चाँडो हटाउन, विद्युत् खम्बा, खानेपानी, कटान गरिएका रुख आदिलाई स्थानान्तरण गर्न सम्बन्धित निकायमा ताकेता गरिएको बताउनुभयो ।
सडक आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने०को निर्माण चालु आवभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्डविपरीतका संरचना छिटो हटाउनुपर्ने उहाँको भनाइ छ । उक्त सडकको ठेक्का अवधि तेस्रोपटक थप भई असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७४ दशमलव ४८ र वित्तिय प्रगति ५५ दशमलव १२ प्रतिशत पुगेको छ ।
इञ्जिनियर कुँवरका अनुसार कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त सडकखण्डमा हालसम्म ३७ दशमलव २२ किमीमा पहिलो तहको र ३३ दशमलव ७९ किमीमा दोस्रो तहको कालोपत्र भइसकेको छ । यस्तै ५९ दशमलव ७५ किमी नाली, १०५ कल्भर्ट र १२ पुल बनिसकेको उहाँले जानकारी दिनुभयो ।
विजयपुर पुल क्षेत्रमा ४८० मिटर दूरीमा एकतर्फी कालोपत्र गर्न बाँकी रहेको उहाँको भनाइ छ । “सडक विस्तार, नाली, कल्भर्ट निर्माणलगायत अधिकांश काम सकिएको छ”, इन्जिनियर कुँवरले भन्नुभयो, “चालु आवभित्र सडक निर्माण सकिन्छ, निर्माण कम्पनीले पनि पछिल्लो समय कामलाई गति दिएको छ ।”
विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको यस खण्डमा निर्माण कम्पनीले समयमा काम नगरेपछि यही पुसमा तेस्रोपटक ठेक्काको म्याद थप भएको हो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर कुँवरले बताउनुभयो । पश्चिम खण्डमा पर्ने १३ पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । झण्डै ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । रु सात अर्ब ४० करोडको लागतमा सडक र रु एक अर्ब सात करोडको लागतमा सेती नदीमा ‘सिग्नेचर’ पुल बन्न लागेको हो ।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
२९ फागुन २०८२ १८:००
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
२९ फागुन २०८२ १७:००
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
२९ फागुन २०८२ १६:५३
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...
२९ फागुन २०८२ १३:३५




