Breaking News

आगामी निर्वाचनमा कांग्रेसले ५० प्रतिशत नयाँ उम्मेदवार बनाउनुपर्छ: विनोद चौधरी

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गर्नुभएको छ।

आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उहाँले  सो कुरा बताउनुभएको हो । नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरुले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोडन नमिल्ने समेत बताउनुभयो।

उहाँले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरुको सपना पूरा हुनेगरी विकासको खुड्किलोमा अघि बढाउनुपर्ने बताउनुभयो। नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाई कांग्रेसबाट भएको हेर्न चाहेको समेत बताउनु भयो । उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरुलाई उम्मेदवार बनाउनुपर्ने प्रस्ताव समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले कम्सेकम ५० प्रतिशत नयाँ अनुहारहरुलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाएको देख्न चाहन्छ । नेपाली काँग्रेसले जेनजीको भावना बोकेकाहरुलाई पार्टी नेतृत्वको रुपमा उभ्याएको देख्न चाहन्छ । कुनै पनि मान्छेले राजनीतिलाई पेशा होइन, समाजलाई रुपान्तरण गर्ने समाजको एउटा प्लेटफर्मको रुपमा खुला हृदयले आमन्त्रणका साथ भित्रयाएको हेर्न चाहन्छ । त्यस्तो नेपाली काँग्रेस जसले २०४८ सालमा यो देशको आर्थिक रुपान्तरण नै गर्‍यो । नेपाली काँग्रेसले राजनीतिक रुपान्तरण मात्रै होइन आर्थिक रुपान्तरण नै २०४८ सालमा गरेको र त्यसैआधारमा त्यही आधारमा आजसम्म पनि देश कुनै न कुनै त्यही रुपमा चलिराखेको छ । फेरी नेपाली काँगे्रसले ती पुराना जेलनेल भोगेको पोलिटिकलका साथसाथ अर्थतन्त्रलाई एउटा बलियो दिशा दिनसक्ने, एउटा सक्रियताका साथ ती प्रकृतिले दिएको अवसरहरुलाई सार्थक बनाउन सक्ने त्यस्तो किसिमको एउटा अर्थतन्त्र निर्माण गर्न सक्ने । यी दुवै पक्षलाई लिएर जान सक्ने एउटा बलियो साझेदारीलाई लिएर जान सक्ने युवाहरुको सपनालाई सार्थक बनाउन सक्ने प्रतिवद्धता भएको पार्टी देख्न चाहेको छ । म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छुअगाडि बढनुहोस् । आजको यो यात्रालाई अधुरो नछोड्नुस् । यसलाई एउटा निर्णायक ठाउँमा पुर्‍याउनुहोस् । अब यो नेपालले कुर्नै नसक्ने अवस्थामा पुगेको नेपाललाई विकासको त्यो खुडकिलोमा पुर्‍याउनुहोस् ।’

नेता चौधरीले नेपाली काँग्रेसले जेनजीको भावनाअनुसार चल्नुपर्ने समेत बताउनु भयो ।

सम्बन्धित समाचार

सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन

सीमा सुरक्षामा खटिएका एसपीको हृदयघातबाट निधन

काठमाडौ।  सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात...

फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्

फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्

काठमाडौँ। अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।...

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

काठमाडौँ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल

भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...