कांग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौंः प्रदीप पौडेल
काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताउनुभएको छ ।
उहाँले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गर्नुभएको हो । आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली काँग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताउनु भयो । उहाँले काँग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताउनु भयो ।
नेता पौडेलले भन्नुभयो, ‘नेतृत्व रक्षाका लागि काँग्रेसको भविष्य समाप्त गर्ने कि काँग्रेसको भविष्यको निम्तिनेपाली काँग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले काँग्रेसका निम्ति जिवन समर्पित गर्नु भयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली काँग्रेसमा आफ्नो जीवन समर्पित गर्नु भएको छ । उहाँहरुलाई काँग्रेस फुटाउनु छैन । उहाँहरुलाई काँग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई काँग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर काँग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन । ’
नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विभाजन नचाहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
-
२.
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
-
३.
राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव
-
४.
निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा
-
५.
अञ्जन श्रेष्ठको कार्यकाल अभूतपूर्व हुनेछ, उनले रोजेको टिमलाई जिताऔंः शेखर गोल्छा
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
सांसदको ‘असली’ काम के हो? (भिडियो)
काठमाडौं। जेनजी आन्दोलपछि भएको राजनीतिक परिवर्तनले चालू संसद तीन वर्ष नपुग्दै विघटन भयो। सोही आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले...
महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ।...
पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्कियो : थापा
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ।...
आगामी निर्वाचनमा कांग्रेसले ५० प्रतिशत नयाँ उम्मेदवार बनाउनुपर्छ: विनोद चौधरी
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट...




