के ओलीसँग झापाबाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ बालेन?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने संकेत देखाउनुभएको छ । रास्वपाका झापा प्रतिनिधिसँग कुरा गर्दै उनले जिल्लाको बस्तुस्थितिबारे जानकारी लिएको जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिनुभयो।
उहाँका अनुसार शाहको टिमले यसअघि नै ओली उठ्दै आएको झापा ५ को आन्तरिक सर्वेक्षण गरिरहनुभएको छ। सोही आधारमा चुनावको तयारीबारे पार्टी जिल्ला समितिलाई बालेनले जानकारी दिनुभएको छ।
रास्वपा झापाको टिम आइतबार दिउँसो २ बजे ललितपुरस्थित ज्वागल पुगेको थियो । शाहका साथी कुमार ब्यञ्जनकारको घरमा ३:३० बजेसम्म छलफल भएको पाठकले जानकारी दिनुभयो।
भेटमा जिल्ला सभापति पाठकसहित सचिव शम्भु सुस्केरा, झापा ३ का क्षेत्रीय सभापति लक्ष्मण बस्नेत, झापा ५ का विभागीय सदस्य विरोध सुवेदी र जिल्ला समितिका अनुशासन आयोगका संयोजक अर्जुन उप्रेती हुनुहुन्थ्यो।
अब केहीदिनमा बालेनले झापाबाटै चुनाव लड्ने घोषणा गर्ने निकट स्रोत बताउँछ। हिजो बेलुका मात्रै पनि बालेनले ‘हामी आउँदैछौँ’ भनेर सांकेतिक रूपमा सामाजिक सञ्जालमा लेख्नुभएको थियो।
ताजा अपडेट
-
१.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
२.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
३.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
४.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
५.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




