देउवाले आजै महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई भेट्दै
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्नु हुनुभएको छ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वयसँग वार्ता गर्ने जानकारी दिनुभयो।
देउवा निवासको छलफलबाट बाहिरिँदै उहाँले सभापतिले आजै महामन्त्रीसँग वार्ता गर्ने जानकारी दिनुभयो।
अहिले पनि देउवा निवासमा छलफल जारी छ। छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, जीवन परियार, बद्री पाण्डे, मोहन बस्नेत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका नेताहरु हुनुहुन्छ।
भृकुटीमण्डपमा आइतवारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनको आज बन्दसत्र जारी छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?
काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...
झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ
काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...
राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी...
निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ
काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...




