रसिकको बालकथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक
काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती “बेलबहादुरको बिहे“ तेस्रो संस्करण आइतबार सार्वजनिक गरिएको छ । कथा कृति एजुकेश्नल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन राउत,शिवराम श्रेष्ठ,गजेन्द्र ङाखुसी रमण राउत लगायतले एजुकेश्नल पब्लिसिङ हाउसले लोकार्पण गरेको हो।
लोकार्पणसँगै काठमाडौको जमलस्थित बिक्री कक्षबाट थोक तथा खुद्रा बिक्री थालिएको हो । नेवाः संस्कृति र संस्कार “इहि“ भित्र रहेको जीवन विज्ञान समेटिएको उक्त कृतिमा नेवाः समुदायका बालिकाहरूको इहि गर्दा प्रयोग हुने मुख्य फल बेललाई कथाको नायकको रूपमा प्रस्तुत गरिएको कथाकार जितेन्द्र रसिकले बताउनु भयो ।
नेवारी परम्परा अनुसार “इहि“ गरिने समय बालिकाले दुलाहाका प्रतीक बेलका बारे जनाएको कौतुहलता बाट सुरु हुने यो कथाको रोचक प्रस्तुतिले बालबालिकाहरूलाई भरपुर मनोरञ्जनका साथै दिने प्रकाशकले जनाएको छ । “इहि“ परम्परामा अमूर्त रूपमा रहेका जीवनविज्ञानको समेत कृतिले पाठकलाई ज्ञान दिलाउन सक्षम रहेको प्रकाशकको दाबी छ।
कथामा नेवारी परम्परा अनुसार कथाबाटै ‘इहि’ गर्ने विधि समेत संवादात्मक शैलीको प्रस्तुतिले कथा पढ्ने पाठकलाई चलचित्र हेरेजस्तै अनुभूति दिलाउने एजुकेश्नल पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठको भनाई छ । नेवाः संस्कारमा आधारित कथा कृति “बेलबहादुरसँग बिहे“ को लोकप्रियतासँगै माग बढेकाले तेस्रो संस्करण प्रकाशन हुन सम्भव भएको एजुकेश्नल बुक हाउसका भजन राउतले बताउनु भयो ।
कथामा स्व.एक्कारामसिंको चित्र रहेको छ । उक्त कृतिको मूल्य २४५ रुपैयाँ रहेको छ । साहित्यकार रसिकका ८ बालसाहित्यका कृति र अन्य विधाका १० कृति सहित १८ कृति प्रकाशित छन् । केही महिना भित्रै फरक प्रकाशन गृहबाट लेखक रसिकले बाल उपन्यास बजारमा ल्याउँदैछन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...
लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’
लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको...
टीकापुर साहित्य महोत्सव चैत १३ देखि
टीकापुर । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३...




