सुन र चाँदीमा फेरि नयाँ रेकर्ड
काठमाडौं। सुन र चाँदीको मूल्य अझै बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा चाँदी १४५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




