अन्तर्राष्ट्रिय

ट्रम्प कार्यकालको पहिलो वर्ष १ लाखभन्दा धेरैको भिसा रद्द

न्यूयोर्क। अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेको पहिलो वर्ष पुग्नै लाग्दा झन्डै १ लाखको भिसा रद्द भएको छ विदेश विभागले जनाएको छ ।

विदेश विभागका उपप्रवक्ता टमी पिगोटले भिसा रद्द गर्ने कार्य २०२४ को तुलनामा १५० प्रतिशतले बढेको बताए ।

भिसा खारेजीमा ८ हजार विद्यार्थी र २५ सय विशेषज्ञ पनि परेको विदेश विभागले जनाएको छ । विभागका अनुसार ओभरस्टे, मादक पदार्थ सेवन गरेर गाडी चलाउनु, आक्रमण र चोरी भिसा खारेजका प्रमुख चार आधार हुन् ।

पिगोटले भने, ‘अमेरिकी भूमिमा रहेका सबै विदेशी नागरिकहरूले हाम्रा कानूनहरूको पालना गर्छन् भन्ने कुरा सुनिश्चित हुनुपर्छ । अमेरिकी नागरिकहरूका लागि खतरा निम्त्याउनेहरूको भिसा द्रुत रूपमा रद्द गर्ने उद्देश्यले विदेश विभागले निरन्तर जाँच केन्द्र पनि सुरु गरेको छ।’

उनले आपराधिक गतिविधमा संलग्न भएकाहरूको भिसा रद्द गर्नुपरेको बताए । “अमेरिकालाई सुरक्षित राख्न हामी उनीहरुलाई देश निकाला गर्न जारी राख्नेछौं,” विदेश विभागले सामाजिक सञ्चाल एक्समार्फत भनेको छ ।

गत महिनामात्रै ट्रम्प प्रशासनले स्वेच्छिक प्रस्थान र डिर्पोट समेत गरेर २५ लाखभन्दा धेरै आप्रवासीले अमेरिकाले छाडेको जनाएको थियो । यसमा ठूलो संख्यामा वैध भिसा भएकाहरु पनि छन् । यद्पयी, ट्रम्प प्रशासनले यसलाई ठूलो उपलब्धि मानेको छ ।

पछिल्लो समय ट्रम्प प्रशासनले भिसा दिन पनि कडाई गरेको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...