यम बरालका ३ गीत सार्वजनिक
काठमाडौं । गायक यम बरालद्वारा स्वरवद्ध ३ गीत सार्वजनिक गरिएको छ । आयोजित समारोहमा एकैसाथ ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ष्ठ, संगीतकार दीपक जंगम, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, पत्रकार ऋषि धमलालगायतले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरी’ मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । भिडियोमा केशवराज भट्टको निर्देशन, अमन बडुको छायाङ्कन, राकेश दाहालको सम्पादन र जुना कार्की र गायक बरालको अभिनय छ ।
दोस्रो गीत ‘जुन र सुनको’ मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ । भिडियोलाई गीतकार बरालले निर्देशन गरेका हुन् भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय छ ।
तेस्रो गीत ‘टेण्डर माया’ मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयम्को अभिनय छ ।
ताजा अपडेट
-
१.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
-
२.
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
-
३.
राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव
-
४.
निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा
-
५.
अञ्जन श्रेष्ठको कार्यकाल अभूतपूर्व हुनेछ, उनले रोजेको टिमलाई जिताऔंः शेखर गोल्छा
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




