अर्थ

नबिल बैंक अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं । नबिल बैंकको सोमबार सम्पन्न ४१औं साधारणभाले संस्थापक सेयरधनी तर्फबाट सञ्चालक अनिलकेशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ । शाह सञ्चालक बनेसँगै बैंक अध्यक्षमा सञ्चालक निर्वाण चौधरी चयन हुनुभएको छ ।

साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाइ वितरण गर्ने भनेको १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंक अध्यक्ष उपेन्द्र पौडेलको कार्यकाल सकिएको हुनाले साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले निर्वाणलाई अध्यक्ष चयन गरेको हो।

नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहणपछि उहाँले अध्यक्षको कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।

निवर्तमान अध्यक्ष पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको बैंकले जनाएको छ । उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

उहाँले विशेषगरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप (नबिल एसएसई) का साथै मर्जर सफल बनाउन समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बै‌ंकले जनाएको छ ।

चालु आव २०८२/८३ मा बैंकले ५ अर्ब बराबर ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नयाँ पूँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी गरेपछि अतिरिक्त प्राथमिक पूँजीका माध्यमबाट पूँजीगत आधार बलियो भई बैंकको जोखिम बहन गर्ने क्षमता बढ्ने र व्यवसाय बिस्तारमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

नबिलले देशभरि २ सय ६८ शाखा र ३ सय २१ एटीएमबाट २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...