जलवायुजन्य प्रकोपको उच्च जोखिमका विद्यालयहरु उत्थानशीलतामा अग्रसर
विपद्को उच्च जोखिममा रहेका समुदायका विद्यार्थीका लागि शैक्षिक सत्र अक्सर बाढी, तातो लहर तथा शीतलहरका कारण प्रभावित हुने गर्दछ । उच्च जोखिमयुक्त क्षेत्रका विद्यालय विपद्को समयमा अस्थायी आश्रयस्थलका रुपमा प्रयोग गरिँदा लामो समयसम्म पठनपाठन बन्द हुने गर्दछ । विद्यालय आफैँ पनि विपद्बाट प्रभावित हुने तथा कतिपय परिवेशमा विद्यालय आवतजावत गर्न कठिनाई उत्पन्न हुन गई पठनपाठन अवरुद्ध हुने गरेका छन् । समुदायको जलवायु उत्थानशीलता मापन सर्वेक्षणले यसलाई शिक्षा क्षेत्रमा विद्यालयहरुको मुख्य कमजोरी वा ‘उत्थानशीलताको रिक्तता’ को रुपमा पहिचान गरेको छ । यसबाहेक, विपद्का समयमा सीमान्तकृत समूहका विद्यार्थीको विद्यालय उपस्थिति पनि प्रभावित हुने गरेको देखिन्छ ।
यी विभिन्न परिस्थितिको विश्लेषण गर्दै प्राक्टिकल एक्शन नेपालले कैलाली, कञ्चनपुर र बर्दियामा “विद्यालयमा उत्थानशीलता” कार्यक्रम सञ्चालन गरेको छ । हाल १४ वटा विद्यालयमा जारी कार्यक्रमले जलवायु परिवर्तनको बढ्दो जोखिमका बीच शिक्षाको मौलिक अधिकारलाई सुरक्षित गर्ने लक्ष्य लिएको छ । कार्यक्रमहरु विपद् आइसकेपछि गरिने प्रतिकार्यको सट्टा, विपद् आउनु अगावै गरिने पूर्वतयारीमा केन्द्रित छन्। बाढी वा अन्य संकटको समयमा बालबालिकाको सिकाई नरोकियोस् भन्नेमा परियोजना केन्द्रित छ ।
परियोजनाले शिक्षा शाखासँगको सहकार्यमा स्थानीय पाठ्यक्रममा जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनिकरणसम्बन्धी विषयवस्तु समावेश गर्न सहजीकरण गरेको छ । यसका साथै विद्यालय सुधार योजनामा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलतासम्बन्धी विषयवस्तु समावेश गर्ने कार्य अघि बढाएको छ । परियोजनाले पालिकाको शिक्षा शाखासँग समन्वय गरी प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण तालिम समेत दिएको छ ।
“विद्यालयमा उत्थानशीलता” परियोजना रणनीतिको मुख्य स्तम्भ भनेको विद्यार्थीको सशक्तीकरण हो । विद्यार्थीलाई केवल सहयोगको आशा गर्ने समूहका रूपमा मात्र नहेरी, उनीहरूलाई “विपद् र उत्थानशीलताका अभियन्ता” को रूपमा तयार गरिँदैछ । अन्तर–विद्यालयस्तरीय प्रतियोगिताहरू मार्फत् कक्षा ६ देखि ८ र सोभन्दा माथिका विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउने गरिएको छ ।
प्राक्टिकल एक्शनका वरिष्ठ कार्यक्रम अधिकृत रमेश गौतमका अनुसार ‘“हाम्रो उद्देश्य पूर्वतयारीको संस्कृति विकास गर्नु हो । जब एक विद्यार्थीले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी हाजिरीजवाफ, वक्तृत्वकला, साँस्कृतिक कार्यक्रम वा अन्य प्रतियोगितामा भाग लिन्छन्, उनीहरूले केवल पुरस्कार मात्र जित्दैनन्, बरु जीवन बचाउने उपायहरू आफ्नो घर र समुदायसम्म पनि पु¥याउँछन् । अतिरिक्त क्रियाकलाप मार्पmत् विद्यार्थीहरूले जलवायु सचेतना, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदायमा सहकार्यको महत्व बुझ्ने मौका प्राप्त गरेका छन् ।”
परियोजनाले स्थानीय पूर्वाधार निर्माण र रणनीतिक योजनामा पनि सहयोग गर्दै आएको छ । बाढी उत्थानशील भौतिक संरचनाको साथै सुरक्षित निकासको मार्ग निर्माणमा पनि सहयोग गर्दे आएको छ । विपद् अथवा संकटको समयमा विद्यालय भवन आश्रयस्थलका रूपमा प्रयोग भएमा वा बाढीले अवरोध गरेमा, वैकल्पिक स्थानबाट तुरुन्तै पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाईएको छ । विद्यालय उत्थानशीलता कार्यक्रमले सुरक्षित सिकाई वातावरणको माध्यमबाट छात्रा र सीमान्तकृत समूहका विद्यार्थीको उपस्थिति बढाएको छ । विपद् उत्थानशीलका हरेक गतिविधिमा विद्यालय, अभिभावक र स्थानीय सरकारको सहकार्य र समन्वय विस्तार हुदै गर्दा जलवायु परिवर्तनका झट्काहरू सहन सक्ने उत्थानशील शिक्षा प्रणालीको खाका तयार भइरहेको अनुभुति गर्न सकिन्छ ।
गर्मीबाट बच्न स्कुलका छतमा रिफ्टेक्टीभ पेन्ट
जलवायु परिवर्तनका कारण हरेक वर्ष तापक्रम बढ्ने र त्यसको असर विद्यालय तथा बालबालिकामा पर्न थालेपछि यसलाई कम गर्न कञ्चनपुरको बेलौरी नगरपालिका ५ स्थित श्री जन नमुना माध्यमिक विद्यालयमा नयाँ प्रविधि ९रिफ्टेक्टीभ पेन्ट० को अभ्यास शुरु गरिएको छ ।
रिफ्लेक्टिभ पेन्ट भनेको सूर्यको प्रकाशको किरणहरूलाई सतहबाट फिर्ता ९परावर्तन० गर्ने विशेष रङरोगन हो । सामान्य रङरोगनहरूले सूर्यको ऊर्जा सोस्छन् । जसले सतहलाई तातो बनाउँछ । त्यो ताप कोठामा सर्ने हुँदा कोठा भित्र पनि गर्मी हुन्छ । तर रिफ्लेक्टिभ पेन्टले प्रकाश र ताप दुवैलाई धेरै हदसम्म फिर्ता फर्काइदिन्छ । जसलाई “कूल रूफ टेक्नोलोजी” पनि भनिन्छ । छत वा भित्तामा यो पेन्ट लगाउँदा यसले मुख्य रूपमा सतहको ताप सोस्ने दर कम गर्छ । जब छाना वा भित्ताले कम मात्रै तातो सोस्छ, कोठा भित्र पनि कम मात्रै तातो पस्छ र कोठा चिसो रहिरहन मद्दत पुग्छ ।
भारत तथा अन्य विभिन्न मुलुकहरुमा अपनाइएको यस प्रविधि नेपालका कञ्चनपुर, कैलाली र बर्दियाका विद्यालयमा पनि परिक्षण गरिएको छ । जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत प्राक्टिकल एक्शन, पेसवान, स्थानीय सरकार र विद्यालयको सहकार्यमा कञ्चनपुरको बेलौरीस्थित श्री जन नमूना माध्यमिक विद्यालयमा रिफ्लेक्टिभ पेन्ट प्रविधिलाई परीक्षण तथा अनुसन्धानका लागि शुरु गरिएको हो ।
यस प्रविधि अन्तर्गत विद्यालयको छतमा सेतो रंग लगाइएको छ र कक्षाकोठामा तापक्रम मापनका लागि थर्मोमिटर राखिएको छ । यस्तै, सेतो रंग नलगाइएको विद्यालयको भवनमा पनि अर्को थर्मोमिटर राखिएको छ । दुवै थर्मोमिटरमा हरेक दिन तापक्रम मापन गरिन्छ । यसरी तापक्रम मापन गर्दा रिफ्लेक्टिभ पेन्ट ९सेतो रंग० नलगाएको भवनमा भन्दा सेतो रंग लगाएको कक्षाकोठामा तापक्रम कम भएको शिक्षक तथा विद्यार्थीको अनुभव छ ।
जन नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरसिंह चौधरीले अत्याधिक गर्मीका कारण स्कुल बन्द गर्नुपर्ने अवस्थाको सम्भावना कम भएको बताउनु भयो ।
प्राक्टिकल एक्शनका जलवायु उत्थानशिल कार्यक्रमका प्रमुख विक्रम रानाले तातो हावा अर्थात् लू बाट विद्यालय शिक्षालाई प्रभावित हुन नदिन परीक्षणको रुपमा केही विद्यालयमा रिफ्लेक्टिभ पेन्ट गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो ‘तातो लहरको क्षेत्रमा हामी अहिले पनि सिक्ने क्रममै छौँ । तर एउटा नविन प्रयोगका रूपमा हामीले विद्यालयका भवनहरूमा ‘इलास्टोमेट्रिक पेन्ट’ को परीक्षण गरिरहेका छौँ । तराईका सरकारी विद्यालयहरू जहाँ एसी वा फ्यान९पंंखा० को पर्याप्त सुविधा छैन । त्यहाँका कङ्क्रिटका छतहरूले धेरै तापक्रम सोस्छन् । यो विशेष प्रकारको रङ लगाएपछि भवनले सोस्ने तातो १८ देखि २० प्रतिशतसम्म रिफ्लेक्ट हुन्छ भन्ने वैज्ञानिक आधार छ । हामीले १४ वटा विद्यालय लक्षित गरेकोमा अहिले चार वटामा यो रङ लगाएका छौँ । विद्यार्थीलाई नै रङ लगाएको कोठा र नलगाएको कोठाको तापक्रम मापन गर्न लगाएर त्यसको प्रभाव अध्ययन गरिरहेका छौँ । यो नविन प्रयोग हो । यसले ‘हुँदा खाने’ वर्गलाई प्रत्यक्ष फाइदा पु¥याउने भएकाले यो महत्वपूर्ण छ । जसले एसी जडान गर्न सक्दैनन्, उनीहरूका लागि यो रङ एउटा दिगो समाधान हुनसक्छ । यस बाहेक हामीले स्थानीयस्तरमा चिसो पानी राख्न प्रयोग गरिने माटोका घैँटोहरू वा चौतारीमा बसेर पानी खाने जस्ता पुराना उपयोगी परम्पराहरूलाई पनि कसरी आधुनिक आवश्यकतासँग जोड्न सकिन्छ भनेर हेरिरहेका छौँ ।’
गत वर्षको चरम गर्मी पश्चात कार्यक्रममार्फत गरिएको रंगरोगन पछि कार्यक्रमको टोलीले गरिरहेको अध्ययनको प्रारम्भिक नतिजाले त्यस्तो रंगरोगनले कक्षाकोठाको तापक्रम करिब २ डिग्रीसम्म घटेको देखिएको छ । अध्ययन टोलीले गर्मी उत्कर्षमा रहेको बेलामा समेत रिफ्लेक्टिभ पेन्टको प्रभावकारिताको अवलोकन गरिने जनाएको छ । कम लागतमा प्रभावकारी परिणाम देखिएपछि अन्य विद्यालयमा पनि लागु गर्र्न स्थानीय सरकार अग्रसर देखिएको छ। बेलौरी नगरापालिका ५ का वडा अध्यक्ष लालबहादुर चौधरीले भन्नुभयो – ‘शुरुवाती अवस्थामा यसको प्रभावकारिता राम्रो रहेको पाइयो, अब हामी अन्य विद्यालय तथा भवनमा पनि यस्तो अभ्यास गर्छौं।’
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित जनजागृती माध्यमिक विद्यालयमा पनि रिफ्लेक्टिभ पेन्ट लगाईएको छ । भवन भित्र तापक्रम मापन यन्त्र ९थर्मोमिटर० पनि जडान गरिएको छ । समय अनुसार तापक्रममा हुने परिवर्तन हेर्ने क्षमता पनि विद्यार्थीमा विकास भएको छ । गत भदौमा विद्यालयको पक्की भवनको २ तलामा ४ कोठालाई पुग्ने गरी रंग लगाएर तापक्रम मापन यन्त्र जडान गरिएको थियो । कक्षा १० मा अध्ययनरत सुर्जाकला साउदले तापक्रम नियन्त्रण गर्ने प्रविधि संगै आफुहरुले मौसमका ढाँचाबारे पनि जानकारी प्राप्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘तापक्रम मापन यन्त्र जडान पछि तापक्रमबारे जानकारी भएको छ । रंग लगाएकोे कक्षाकोठामा कम तापक्रम देखिन्छ रंग नलगाएको कक्षाकोठामा बढी तापक्रम देखिन्छ । ’
विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्री पेन्टिङ गरेपछि तुलनात्मक रुपमा कम गर्मी महशुस गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भदौमा पेन्टिङ भयो, धेरै महसुस त गर्न पाइएको छैन, तर कोठाभित्र कम तापक्रम रेकर्ड भएको छ, आगामी दिनमा सबै कोठाहरुमा पेन्ट गर्ने सोच बनाएका छौं ’। कक्षा १२ सम्म अध्ययन हुने यो विद्यालयमा ३ सय विद्यार्थी छन् । शिक्षिका चन्द्रकला पौडेल भन्नुहुन्छ ‘‘वैशाखदेखि असार सम्म सहनै नसक्ने गर्मी हुन्छ, पहिले यस्तो गर्मी हुँदैनथ्यो । पेन्टिङ गरेपछि राहत महशुस भएको छ ।’
बर्दियाको गुलारिया नगरपालिका १२ भैसाहीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको छतमा पनि त्यस्तो पेन्ट गरिएको छ । गर्मी मौसममा अत्याधिक गर्मी र लु का कारण पठनपाठनमा समस्या हुने गर्दथ्यो। विद्यालय भवनको छत तातिएर कक्षाकोठाभित्र बस्नै समस्या हुन्थ्यो । कक्षा ८ मा अध्ययनरत छात्र सुवास थारु पंखाले पनि नधान्ने गर्मीलाई अहिलेको प्रविधिले कम गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘गर्मी महिनामा धेरै गर्मी हुन्छ, बत्ति जाँदा पसिनाले भिज्ने गर्छौं । कतिपय विद्यार्थी गर्मीले बेहोस समेत हुने गर्दछन् । अब भने यो प्रबिधिले गर्मीमा सजिलो हुने विश्वास छ ।’
विद्यालयको २ तले भवनको ३ वटा कोठाको छतमा गत भदौमा पेन्ट गरिएको हो । कक्षा ९ मा अध्ययनरत विद्यार्थी अरुनिमा थारुले भन्नुभयो, ‘छतमा सेतो रंगको पेन्ट लगाएपछि गर्मी कम भएको छ ।’ कोठाको तापक्रम नाप्नका लागि सेन्सर मेसिन जडान गरिएको छ । यस्तो पेन्ट लगाएको छतमाथि ५ डिग्रि र कक्षाभित्र ३ डिग्रि सम्म तापक्रम कम हुने देखिएको शिक्षिका ईन्दिरा धमलाले बताउनुभयो। गत भदौ ३ गते विद्यालयको छतमा पेन्ट लगाइएको हो । सेन्सर मेसिनले देखाएको परिणामका आधारमा एक बर्षपछि परिक्षणको अन्तिम निष्कर्ष निकालिने छ । परीक्षण सफल भएमा थप विद्यालयमा पनि पेन्ट गरिने परियोजनाले जनाएको छ। गुलारिया नगरपालिका वडा नं। १२ का वडा अध्यक्ष रामकुमार थारुले अत्याधिक गर्मीबाट जोगिन विपद् व्यवस्थापनमा काम गर्ने सस्थासंग मिलेर विद्यालयहरुमा यो प्रविधि विस्तार गर्नुपर्ने बताउनुभयो।
अत्याधिक गर्मी र लु न्यूनीकरणका लागि यी विद्यालयमा गरिएको प्रयासलाई प्रभावकारीताका आधारमा अन्य विद्यालयमा पनि राख्नसक्ने हो भने तातोहावाका कारण विद्यालय शिक्षा प्रभावित हुनबाट जोगिनेछ । तराईका अत्याधिक गर्मी हुने जिल्लाहरुमा विद्यालयसंगै सार्वजनिक र सरकारी कार्यालयहरुमा पनि यो प्रविधि विस्तार गर्न सक्ने हो भने नागरिकको सेवा प्रवाह पनि चुस्त दुरुस्त बन्ने थियो । त्यसैले जलवायु उत्थानशिलतातर्फ अग्रसर हुन यस्ता प्रविधिमा तीनवटै सरकारले बजेट छुट्याउन जरुरी छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...
चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ
गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ...
निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार...




