पुरानै ठाउँमा फर्कियो राष्ट्रिय सभा
काठमाडौं । माघ ४ गतेका लागि बोलाइएको राष्ट्रिय सभाका लागि सिंहदरबार भित्रै बैठक कक्ष तयार गरिएको छ।
संघीय संसद् सचिवालयको यसअघि कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक कक्षका रुपमा तयार पारिएको छ। सो बैठक कक्ष २०६० सालमा संसद भंग हुनुअगाडि राष्ट्रिय सभाको बैठक सोही हलमा सञ्जालन हुने गरेको थियो।

त्यसपछि २०७४ सालमा राष्ट्रिय सभा गठन भएपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बैस्दै आएको थियो।
जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते बानेश्वरमा रहेको संसद भवन जलाइएको थियो। त्यसपछि वैकल्पिक रुपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको हो।
राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेका लागि आह्वानका भइसकेको छ। जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो।

संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको अधिवेशनका लागि केही विधेयक र सरकारले ल्याएका अध्यादेशहरू टेबल गर्नेछ ।
त्यसैगरी संसदीय समितिका अध्ययन प्रतिवेदन र वार्षिक प्रतिवेदनहरू पेस गरिने संसद सचिवालयले जनाएको छ। अधिवेशन सुरु भएपछि सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउन सक्छन् ।
राष्ट्रिय सभामा बैठकका लागि हल लगायत सम्पूर्ण तयारी पुरा भएको सचिवालयले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
प्रतिनिधिसभाका सांसदले लिए शपथ
काठमाडौं। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई...
रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछौँ : हर्क साम्पाङ
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ। नवनिर्वाचित सांसदको...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...




