माइकल क्यारिक म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षक नियुक्त
लण्डन- म्यानचेस्टर युनाइटेडले आफ्ना पूर्व खेलाडी माइकल क्यारिकलाई यस सिजनको अन्त्यसम्मका लागि ‘केयरटेकर’ (अन्तरिम) मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
क्यारिकको टोलीमा इंग्ल्याण्डका पूर्व सहायक प्रशिक्षक स्टिभ हल्याण्ड रहनेछन्। साथै जोनाथन उडगेट, जोनी इभान्स र ट्राभिस बिनियनले पनि प्रशिक्षण टोलीमा उनलाई साथ दिनेछन्।
४४ वर्षीय क्यारिकले यसअघि सन् २०२१ मा ओले गनर सोल्सायरलाई बर्खास्त गरिएपछि तीन खेलका लागि युनाइटेडको अस्थायी प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनले शनिबार म्यानचेस्टर सिटी विरुद्ध हुने डर्बी खेलबाट टोलीको नेतृत्व सम्हाल्नेछन्।
क्लबले १४ महिनाको कार्यकालपछि गत जनवरी ५ मा रुबेन अमोरिमलाई बर्खास्त गरेको थियो। त्यसयता ड्यारेन फ्लेचरले दुई खेलमा टोलीको हेरचाह गरेका थिए।
क्यारिकले ‘थ्री-एट-द-ब्याक’ (तीन डिफेन्डर) को रणनीतिलाई परिवर्तन गरी ४-२-३-१ को फर्मेसनमा टोलीलाई उतार्ने तयारी गरेका छन्।
यो पदका लागि क्लबले पूर्व प्रशिक्षक ओले गनर सोल्सायरसँग पनि कुरा गरेको थियो, तर क्यारिकको प्रशिक्षण शैली बढी सक्रिय भएकाले उनलाई रोजिएको बताइएको छ।
यसअघि अस्थायी रूपमा टोली हेरिरहेका ड्यारेन फ्लेचर भने पुन: १८ वर्ष मुनिको टोलीको प्रशिक्षणमा फर्किनेछन्। क्लबले उनको भविष्यको विकासका लागि यो कदम उत्तम हुने निर्णय गरेको हो।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




