आयरल्यान्डसँग नेपाल पराजित
काठमाडौँ। आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । नेपाल बलियो टोली आयरल्यान्डसँग ९९ उनले पराजित भएको हो। आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो।
नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन बनाइन्। कप्तान इन्दु बर्माले १२ रन बनाइन्। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो। कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको विस्फोटक इनिङ खेलेर रिटायर आउट भइन्। ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रनको आक्रमक पारी खेलिन् । उनी पनि रिटायर आउट भइन् । लिया पलले २१ रन बनाइन् ।
नेपालका लागि रुबिना क्षेत्रीले २ तथा रिया शर्माले १ विकेट लिए ।
यो खेलको कुनै अन्तराष्ट्रिय वा टी २० मान्यता भने हुने छैन । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला
काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...




