नेपाललाई आधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आपतकालीन स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न नर्वे सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच मन्त्री गौतमले विपद् व्यवस्थापन र आकस्मिक सेवाका लागि प्राप्त आधुनिक उपकरण तथा तालिम सामाग्रीले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले हालैको आगलागीमा मन्त्रालयअन्तर्गतका धेरै महत्वपूर्ण उपकरणहरू गुमेको स्मरण गराउँदै, नर्वे सरकारको यो सहयोगले ती क्षतिहरूको परिपूर्ति गर्ने बताउनु भयो ।
नेपाल भूकम्प, बाढीजस्ता विभिन्न प्राकृतिक विपद्को उच्च जोखिममा रहेको तथ्य औंल्याउँदै मन्त्री गौतमले पूर्वतयारी र प्रतिकार्यमा तीनै तहका सरकार गम्भीर रहेको प्रष्ट पार्नुभयो । उहाँले एचइओसीको नेतृत्व र विभिन्न सरकारी तथा साझेदार निकायहरूसँगको समन्वयमा विपद् व्यवस्थापन कार्य भइरहेको बताउँदै विशेषगरी डब्लुएचओले प्राविधिक सहयोग र एचइओसी ल्याव स्थापनामा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । एम्बुलेन्स चालकदेखि चिकित्सकसम्मले तालिमको प्रशंसा गरेको वृत्तचित्र हेरेपछि उहाँले यो सहयोगले तालिम कार्यक्रमलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री गौतमले केवल एकपटकको तालिम पर्याप्त नहुने भन्दै स्वास्थ्यकर्मीहरूका लागि निरन्तर अभ्यासको आवश्यकतामा विशेष जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
२.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
३.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
४.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
-
५.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...
सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा। झापास्थित कचनकवल गाउँपालिका–४ मा सवारीसाधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ। जिल्ला प्रहरी...
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...




