अर्थ

नेप्सेमा सुधार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५२ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ४३ को विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको एक करोड २५ लाख चार हजार ९७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा छ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ दशमलव ३७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य एक, वित्त दुई दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ३१, जलविद्युत् शून्य दशमलव शून्य सात, लगानी शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बीमा शून्य दशमलव ३८ र व्यापार समूह शून्य दशमलव ६७ प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव शून्य आठ, जीवन बीमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव शून्य पाँच र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ ।

सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९४ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८ तीन दशमलव ३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु २६ करोड २४ लाख चार हजार १८४ बराबरको कारोबार भएको छ ।कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी छ लाख ७१ हजार ११८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

सम्बन्धित समाचार

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...

दुई फर्मलाई नगद जरिवाना

दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ। नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद...