भृकुटीमण्डवबाट देउवा कार्यसमिति भंग, नयाँ समिति बनाउनतिर गगन-विश्व
काठमाडौं । संस्थापन खेमाले कारबाहीपछि भृकुटीमण्डपस्थित कांग्रेसको विशेेष महाधिवेशन हलबाट भंग भइसकेको समितिबाट कारबाही भएको प्रतिक्रिया आएको छ।
देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताउनुभएको छ।
आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बतााउनुुभयो।
‘ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं,’ उहाँले भन्नुभयो, ‘सिंगो देशले यो सुनिरहेको छ । नागरिकले सुनिरहेका छन् । देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन् । यो हो नेपाली कांग्रेस ।’
उहाँले विशेष महाधिवेशनमा भेला भएकाहरू नै बीपी र गणेशमानका सच्च अनुयायी र सन्तान भएको बताउनुभयो।
‘नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइराला, श्रद्धेय गणेशमानको परिवारका सदस्यहरू यहाँ हुनुहुन्न । तर, त्यो भन्दा ठूलो परिवारको सदस्य हौं हामी । हामी हौं गणेशमानका सन्तान, हामी हौं बीपीका सन्तान । किनकी, जसले बीपी र गणेशमानका विचार बोके उनीहरू नै तिनका सन्तान हुन्,’ उहाँले भन्नुभयो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




