कांग्रेस फुट : गगन-विश्वलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा
काठमाडौं। नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको छ।
सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय तथा सहमहामन्त्रीलाई कारबाही गरेको निर्णय सहितको पत्र आयोगमा पुगेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्र प्राप्त भएको तर विवरण हेरिनसकेको जानकारी दिए।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको हो। विशेष महाधिवेशन पक्ष नयाँ नेतृत्व चयनको प्रक्रियामा गएपछि संस्थापन पक्षले कारबाही गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले उनीहरूलाई कारबाही गरिएको जनाइएको छ।
बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘नेपाली कांग्रेसको विधान २०१७ धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ देहायको खण्ड घ र ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्काशन गरिएको छ।’
महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी रहेको छ। विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम जारी रहेको छ।
विशेष महाधिवेशनका कांग्रेस सभापतिका लागि थापाले उम्मेदवारी दिएका छन्। त्यस्तै, दुई महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। आजै राति ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
माइतीघरमा एमाले-प्रहरी हानाहान
काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...
ओली-लेखकलाई ५ दिन थुन्न अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...
वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी
काठमाडौं । उज्यालो नेपालका केन्द्रीय सदस्य किरण विकले बालेन शाह नेतृत्वको सरकारद्वारा अघि सारिएको सुशासन अभियानअन्तर्गत १०० बुँदे कार्य...
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
काठमाडौं। नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेनजी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ। तत्कालीन...




