राजनीति

रवि लामिछानेको संगठित अपराधकाे मुद्दा फिर्ता

काठमाडौं। सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धकाे संगठित अपराधकाे मुद्दा फिर्ता लिने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारले यो मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

लामिछानेविरुद्ध विभिन्न जिल्लामा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे मुद्दा फिर्ता लिने निर्णय भएकाे हो । महान्यायाधिवक्ता कार्यालयका अनुसार रविविरुद्ध चलिरहेका ती मुद्दालाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयबाट फिर्ता लिन निर्देशन दिइसकिएकाे छ ।

लामिछानेविरुद्ध काठमाडाैं, रुपन्देही र पर्सामा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे मुद्दा पनि चलिरहेकाे थियाे । यी तीन जिल्लाबाहेकमा भने सहकारी ठगीसम्बन्धी मात्रै मुद्दा चलेका थिए ।

सम्बन्धित समाचार

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

कांग्रेसको विशेष महाधिवेशन अनुचित सिद्ध भयो : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ। बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको...

मनाङे रिहा

मनाङे रिहा

काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा हुनुभएको छ। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसदमा प्रतिनिधित्वका लागि राजनीतिक दलले...

समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या

समानुपातिक मत : यस्तो छ दलहरूले समानुपातिक सिट संख्या

काठमाडौं।  प्रतिनिधसभा सदस्य निर्वाचनबाट आउने नयाँ अंकगणित गणित लगभग टुंगो लागेको छ। प्रत्यक्षतर्फको स्पस्ट नतिजा आइसेकपनि समानुपातिक तर्फको सिट...