राजनीति

कांग्रेसभित्र एकता आवश्यक छ: नेपाल प्रेस युनियन

काठमाडौँ। नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ती जारी गरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरू विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले खेप्नुपर्ने भन्दै विभाजन नभई एकताको बाटो रोज्न सबैलाई अनुरोध गर्नुभयो ।

उहाँले संविधान र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक दलहरूको एकता जरुरी रहेको उल्लेख गर्नुभयो ।“नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरूले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ,” अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेपाल प्रेस युनियनले युनियनमा आवद्ध देशभरका पत्रकारलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न अनुरोध समेत गरेको छ । रासस

सम्बन्धित समाचार

माइतीघरमा एमाले-प्रहरी हानाहान

माइतीघरमा एमाले-प्रहरी हानाहान

काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...

वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी

वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी

काठमाडौं । उज्यालो नेपालका केन्द्रीय सदस्य किरण विकले बालेन शाह नेतृत्वको सरकारद्वारा अघि सारिएको सुशासन अभियानअन्तर्गत १०० बुँदे कार्य...

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं। नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेनजी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ। तत्कालीन...