‘अबको युग गगन थापाको’
काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डिला संग्रौलाले नेपालको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताउनुभएको छ । थापा नेतृत्वको केन्द्रीय कार्य समितिको बैठकमा भाग लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अबको युग गगन थापाको भएको बताउनुभएको हो।
उहाँले देश चलाउनको लागी नयाँ सोच, विचार र एजेण्डा चाहिने बताउनुभयो। त्यो आशा र भरोसा जगाउनसक्ने सभापति भनेको गगन थापा मात्रै रहेको उहाँको भनाई छ । जनताका अपेक्षालाई पूरा गर्न आफूहरु प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गगन थापाको नेतृत्वले देश हाँक्नेछ । देश हाक्नको लागि नयाँ सोच, नयाँ विचार र एजेण्डा चाहिन्छ । त्यो आशा र भरोसा जगाउनुपर्नेछ । त्यो जगाउनसक्ने सभापति गगन थापा हो । अब युग शुरु भएको छ, युग नायक पुनर्जागरणको युगमा । धेरै एजेण्डा छन्, धेरै अपेक्षा छन्, त्यो अपेक्षालाई पूरा गर्न हामी प्रतिवद्ध छौँ ।’
सहमहामन्त्री बहादुर सिंह लामाले जेन–जीको आन्दोलनले नयाँ रुपान्तरण खोजेकोले सोही अनुसार आफूहरु अगाडी बढेको बताउनु भयो । एउटै अनुहार देखेर जनता वाक्क भइसकेको उहाँको भनाई छ । उहाँले आगामी निर्वाचनमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा लिएर जनताको जाने बताउनुभयो।
उहाँले विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने उल्लेख गर्नुभयो। विशेष महाधिवेशनले जनताको र युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि लगायतका स्पष्ट निति पारित गरेकोले सोही नीतिअनुसार अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जेनजीको आन्दोलनले के भन्छ भने एकै अनुहार देखिरहँदा पनि अलिकति गाह्रो भयो, सुशासन कायम गर्ने, रोजगारी गर्ने कुराहरु लगायतका मुद्दा लिएर चुनाव हुन लागेको छ । चुनावमा के मुद्दा लिएर जाने त? भरोसा त दिनुप¥यो नी, जब मुद्दा हुँदैन, तबसम्म जनताले भोट दिँदैन । त्यसले गर्दा हामीले गरेका कामहरुको केही कमीकमीकमजोरीहरुलाई पनि सुधार गरेर जान्छौँ । सबै कुरामा सुधार गरेर सुशासन हामी यसरी दिन्छौँ भनेर विशेष महाधिवेशनले स्पष्ट नीति पास गरेको छ । जनताको मन छुने, युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि यसरी गर्छौं भनेर हामीले पुष्टी गरेका छौँ ।’
सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा पार्टीले भाग लिने बताउनुभयो। उहाँले चुनावको अगाडी अन्यौल सिर्जना गर्न खोजेको नभई सबै नयाँ जोश जाँगर लिएर आएको बताउनु भयो । निर्वाचनको लागि ६ गते उम्मेद्वारी दर्ता गर्नुपर्ने भएकोले त्यसको लागि पार्टीले विभिन्न निर्णय गर्ने जानकारी दिनुभयो । बैठकले घोषणापत्र तयार गर्ने, निर्वाचन परिचालन समिति गठन गर्ने लगायतका विभिन्न समितिहरु बनाउने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘चुनावको अगाडी अन्यौल सिर्जना गर्न खोजेको होइन । हामी चुनावमा जानसक्छौँ । निर्वाचनको लागि ६ गते नोमिनेशन छ, त्यो भन्दा अगाडी हामीले टिकेट पनि बाढ्नुप¥यो । हाम्रो घोषणापत्र तयार हुनुप¥यो । हाम्रो परिचालन समिति पनि तयार गर्नुप¥यो । निर्वाचन परिचालन सम्बन्धी विभिन्न समितिहरु हामीले बनाउनुपर्छ । आजको बैठक चाहीँ हामीले हतारिएर राखेको छोँ । हामीहरु सबै नयाँ जोश जाँगर लिएर आएका छौँ ।’
गगन थापा नेतृत्वको नेपाली काँग्रेसको पहिलो केन्द्रिय समितिको बैठक बिहीवार ललितपुरको कुपण्डोलमा बसिररहेको छ । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




