जसपा नेपाल र लोसपाको एकतापछिको कार्यसमितिको बैठक सुरु
काठमाडौं। जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण भएपश्चात गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको प्रथम बैठक केहीबेरअघि सुरु भएको छ।
बिहिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आह्वान गरिएको बैठकमा पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थिति रहेको छ। बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक संरचना, समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको छ।
विशेषगरी यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी विषयमा केन्द्रित रहेर छलफल सुरु गरिएको छ। निर्वाचनमा पार्टीको रणनीति, उम्मेदवार चयन र व्यवस्थापन तथा गठबन्धनसम्बन्धी एजेन्डाहरूमा विचार–विमर्श भैरहेको जनाइएको छ।
बैठकमा एजेन्डागत रुपमा नेताहरुले आ-आफ्नो सुझावसहित विचार राख्ने क्रम जारी छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
माइतीघरमा एमाले-प्रहरी हानाहान
काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...
ओली-लेखकलाई ५ दिन थुन्न अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...
वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी
काठमाडौं । उज्यालो नेपालका केन्द्रीय सदस्य किरण विकले बालेन शाह नेतृत्वको सरकारद्वारा अघि सारिएको सुशासन अभियानअन्तर्गत १०० बुँदे कार्य...
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
काठमाडौं। नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेनजी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ। तत्कालीन...




