Breaking News

गगन थापा नेतृत्वको कांग्रेसले दियो विशेष महाधिवेशनको निर्णय अध्यावधिकका लागि निवेदन

काठमाडौं । गगन थापा नेतृत्वको कांग्रेसले विशेष महाधिवेशनपछि थापा नेतृत्वको कांग्रेसले आफूहरू आधिकारिक रहेको भन्दै निर्वाचन आयोगमा पार्टीको विवरण अध्वावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

महाधिवेशनबाट थापालाई सभापति चयन गरेपछि बिहीबार बसेको थापा नेतृत्वको पहिलो केन्द्रीय समितिको बैठकले पार्टीको विवरण आयोगमा अध्यावधिकका लागि निवेदन दिने निर्णय गरेको थियो । सोहीअनुसार थापासहितका पदाधिकारी र कानुनविज्ञ आयोग पुगेर निवेदन दिनुभएको हो।

त्यसैगरी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारको मनोनयन–पत्रमा आधिकारिक हस्ताक्षर परिवर्तन गर्न पनि आयोगमा निवेदन परेको छ । देउवाको स्थानमा सभापति थापाको हस्ताक्षरबाट मनोनयन पत्र जारी गरिने भन्दै निवेदन पेस दिएको हो ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको मनोनयन पत्र मात्र स्वीकार हुने गरी आयोगमा निवेदन परेको थियो । सोही आधारमा आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तथा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको नाम स्वीकार गरिसकेको छ ।

सम्बन्धित समाचार

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...

एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरु कुनैपनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था...