सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन
काठमाडौँ। सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ । विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग,२०८२ गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्षमा महम्मद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय गरेको बताउनुभयो ।
सरकारले नेपालमा मानव तथा बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताउनुभयो । न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




